नेविसंघमा दुजाङ र तरुण दलमा विद्वान, परामर्श नगरेकोप्रति कोइराला पक्ष असन्तुष्ट
नेपालबहस संवाददाता
चैत ९, २०७८ बिहिबार १:५१:४१
९ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको युवा संगठन नेपाल तरुण दल र विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष नियुक्त गरेका छन् ।
उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार नेविसंघ केन्द्रीय तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका हुन् । यस्तै तरुण दलको केन्द्रीय तदर्थ समितिको अध्यक्षमा विद्वान गुरुङलाई मनोनित गरेका हुन् ।
यता, नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व चयनमा सभापति शेरबहादुर देउवाले परामर्श नगरेकोप्रति डा. शेखर कोइराला पक्षले आपत्ति जनाएको छ । नेता शेखर पक्षको बैठकले मनोनित व्यक्तिप्रति आपत्ति नरहेपनि विना परामर्श चयन गरेकोमा असन्तुष्टि व्यक्त गरेको हो ।
‘भ्रातृ संस्थाको नेतृत्व चयन गर्दा सभापतिले परामर्श गर्ने भनि कार्यसम्पादन समितिमा निर्णय भएको हो,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘को व्यक्ति चयन भयो भन्नेमा हाम्रो आपत्ति छैन । पार्टीमा परामर्श नै नगरि मनोनित गरेकोमा सबैको असन्तुष्टि रहेको छ ।’
सभापति देउवाले नेविसंघमा दुजाङ शेर्पा र तरुण दलमा विद्धान गुरुङलाई अध्यक्षमा मनोनित गरेका थिए । शेखरका पक्षका पदाधिकारी र केन्द्रीय सदस्यको बैठक कमलपोखरीमा बसेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार