एकल निर्णयबाट अघि बढे सभापति देउवासँग डटेर लड्न कोइरालालाई उनी पक्षीय नेताहरुको दवाव
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
चैत १०, २०७८ बिहिबार १७:२९:५९
![](https://nepalbahas.prixacdn.net/media/albums/shikher2021-12-31-09-06-47_IeiPwVjTwi.jpeg)
१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान र सहमतिबाट अगाडि बढ्ने कुरालाई फेरी लत्याउन खोजेको भन्दै त्यसको कडारुपमा प्रतिवाद गर्न संस्थापनइतर समुहका नेता डा. शेखर कोइरालालाई उनी पक्षीय नेताहरुले दवाव दिएका छन् ।
कांग्रेसको १४ औँ महाधिवेशनपछि पार्टीका कुनैपनि काम कारवाहीलाई मिलेर अगाडि बढाउने र विधानअनुसार पार्टीका संगठनहरुको विस्तार गर्न आफु तयार रहेको बताउने सभाापति देउवाले चार महिना नबित्दै एकलौटी गर्न खोजेकाले त्यसको डटेर सामना गर्न कोइरालालाई खुट्टा नकमाई अगाडि बढ्न उनीहरुले भनेका छन् ।
स्थानीय तहको निर्वाचन र पार्टीको शुक्रबारबाट सुरु हुने केन्द्रीय समितिको बैठकमा राख्ने एजेण्डाका विषयमा छलफल गर्न कोइरालाले आफुपक्षीय नेताहरुलाई हिजो छलफलमा बोलाएका थिए । उक्त छलफलमा नेताहरुले आफु पनि एक्लै अगाडि नजान र देउवालाई पनि एकलौटी ढंगबाट अगाडि बढ्नबाट रोक्न सुझाव दिएका थिए ।
बुधबार सभापति देउवा र कोइरालाबीच महाधिवेशनपछि पहिलोपटक छलफल भएको थियो । उक्त छलफलमा जानुअघि कोइरालाले आफ्नो समूहमा छलफल नगरेकोप्रति पनि नेताहरुले प्रश्न उठाएका थिए । छलफलमा सहभागी कांग्रेस नेता अर्जुननरसिंह केसीले १४ औँ महाधिवेशनमा देउवासँग कोइरालाले प्रतिस्पर्धा गरेको र अहिले उक्त समूहको नेता पनि उहाँनै भएकाले आफ्ना पक्षका नेताहरुको सुझावलाई पनि ध्यान दिन सबैले आग्रह गरेको बताए ।
केसीले भने,‘ सभापति देउवाले पहिले जस्तै एक्लै अगाडि बढ्ने संकेत दिनु भएको छ । नेविसंघ र तरुण दलमा अध्यक्ष नियुक्ति गर्दा पनि परामर्श गर्नु भएन । हामीले व्यक्तिको विरोध होइन, कार्यशैलीको विरोध गर्ने हो । अब विभिन्न समिति, विभाग, संसदीय समितिदेखि निर्वाचनमा उम्मेदवारहरुको विषय आउँदैछ । त्यसमा समूहको नेता भएकाले तपाई डटेर लाग्गनुपर्छ र हाम्रो पक्षमा कुनै पनि विवाद आउनु हुँदैन भनेर उहाँलाई भनेका हौँ ।’
कोइराला समूहका अर्का नेता गुरुप्रसाद घिमिरेले आफु हिजोको छलफलमा सहभागी नभएको भन्दै कांग्रेसलाई सभापति देउवाले हिजो जसरी लान नमिल्ने र नसक्ने बताए । उनले भोलिदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने विषयमाथि आफ्नो समुहमा फेरी पनि एकचरण छलफल हुने बताए ।
घिमिरेले भने,‘विधानतः चार तहले संसदीय समिति गठन गर्नुपर्ने हुन्छ । केन्द्रीय, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय संसदीय समिति गठन गर्ने व्यवस्था छ । महाधिवेशन सकिएको ६ महिना भित्र संसदीय समिति गठन गरिसक्नुपर्ने विधानको प्रावधान छ । ‘पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग-समिति-विभिन्न निकायहरु महाधिवेशन भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्दछ ।’
संसदीय समितिहरुले नै निर्वाचनमा आ—आफ्नो क्षेत्र अनुसार उम्मेदवार छनोट गर्नुपर्ने र निर्वाचनको समय नजिकिएकाले ६ महिने पूरा अवधि पर्खने सुविधा यसपटक कांग्रेसलाई नभएको घिमिरेले बताए । विधानको धारा ३३ अनुसार कुनै पनि तहको प्रत्यक्ष तर्फको उम्मेदवारको टुंगो मनोनयन दर्ता हुने मितिले एक महिना अघि लिनुपर्ने प्रावधान छ । उम्मेदवार तय गर्नुअघि संसदीय समिति बन्नु अपरिहार्य छ । महाधिवेशन सकिएको करिब तीन महिना पुगेको छ । यस अवधिमा केन्द्रदेखि प्रतिनिधिसभा क्षेत्रमा संसदीय समिति बन्न सकेको छैन ।
गठन हुने यी समितिहरुमा को र कुन पक्षकाले स्थान पाउने हुन त्यसले पनि आगामी निर्वाचनमा उम्मेदवार छनोटमा असर पर्ने धेरै नेताहरुको बुझाइ छ । देउवाले आफुपक्षीय नेताहरुलाई बढी प्राथमिकता दिने भएकाले पनि यसमा डटेर लाग्न कोइरालालाई नेताहरुले दवाव दिएका हुन । कांग्रेसमा संस्थापन पक्षको ४३ र संस्थापनइतर पक्षको ३४ जिल्लामा पकड छ ।
गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसमा चुनावी गठबन्धनका विषयमा पनि विवाद छ । कोइराला समूह गठबन्धन गर्न नहुने पक्षमा छ भने गर्नै परे विधान अनुसार बन्ने समितिले मात्र गर्नुपर्ने अडानमा छ ।
कोइरालाले विभिन्न जिल्लाहरुको भ्रमण गर्दा यस पटकको परिणाम केवल राजनीतिक प्रभावमा मात्र सीमित हुने अवस्था नदेखेको बताएका छन् । चुनावमा नेपाली कांग्रेसले खेप्नु परेको हारलाई कांग्रेसीहरुले सामान्य हारका रुपमा नलिएकाले गठबन्धनमा विचार पर्याउनुपर्ने उनको तर्क छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार