ग्रीन भेन्चर्स आईपीओ भर्नुभयो ? शुक्रबार अन्तिम मौका
नेपालबहस संवाददाता
चैत १०, २०७८ बिहिबार १७:५१:१०
१० फागुन, काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गतेदेखि बिक्रीमा ल्याएको आईपीओमा आवेदन दिने भोलि शुक्रबार अन्तिम दिन रहेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३१ लाख २५ हजार कित्ता बिक्रीमा ल्याएको हो ।
सार्वजनिक निष्कासन गरेको शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता कम्पनीको कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरिने कम्पनीको आह्वान पत्रमा उल्लेख छ । बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सेयरका लागि भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ बिहीबार सम्म माग भन्दा भेरै आवेदन परेकाले चैत ११ गते आवेदन दिइक्नु पर्नेछ । आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि दिन सकिने छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।
कम्पनीले हालै मात्र ओखलढुंगा र रामेछापका आयोजना प्रभावितलाई सेयर निष्काशन गरेको थियो । अब सर्वसाधारणलाई आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब १२ करोड पुग्नेछ । कम्पनीले ओखलढुंगामा ५२।४ मेगावाटको लिखु ४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।
आयोजनको अनुुमानित लागत १२ अर्ब ८ करोड २८ लाख ४९ हजार १३२ रुपैयाँ छ । आयोजनको प्रतिमेगावाट लागत २३ करोड ५ लाख अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार