विश्व वित्तीय सप्ताह अन्तर्गत प्रभु क्यापिटलको शेयरबजार सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
चैत १०, २०७८ बिहिबार १८:१९:४६
१० फागुन, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ग्लोबल मनि विक २०२२ अन्तरगत शेयरबजार सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलले ग्लोबल मनि विक २०२२ अन्तरगत विभिन्न स्थानहरुमा शेयर बजार सम्बन्धी साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।
क्यापिटलले चैत ८ गते मंगलबार हेराल्ड कलेज काठमाण्डौका स्नातक तह अन्तरगतका विद्यार्थीहरुलाई इन्भेष्टमेन्ट बैंकिंग र लगानी व्यवस्थापन सम्बन्धी विषयमा तालिम कार्यक्रम सञ्चालन गरेको थियो । तालिम कार्यक्रममा कलेजमा अध्ययनरत करिब ६० जना विद्यार्थीहरु सहभागी रहेका थिए । तालिम कार्यक्रम प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले सञ्चालन गरेका थिए ।
यसैगरी क्यापिटलले काठमाण्डौ उपत्यकाबाट नजिकै रहेतापनि पहूँचका हिसाबबाट विकट रहेको ललितपुर जिल्ला अन्तरगतको बागमति गाउँपालिका वार्ड नं. ५ इकुडोल स्थित जनजागृति उच्च मा.वि.का १०+२ का विद्यार्थी, शिक्षक, व्यवस्थापन समितिका कर्मचारी तथा स्थानीयहरुलाई यहि चैत्र ०९ गतेका दिन १ दिने आधारभूत शेयर तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
ग्लोबल मनि विक २०२२ को उपलक्ष्यमा आयोजित कार्यक्रम जनजागृति उच्च मा.वि.को तालिम हलमा सम्पन्न गरिएको थियो । कार्यक्रममा ७० जना विद्यार्थी, शिक्षक तथा स्थानीयहरुको सहभागीता रहेको थियो । तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार