महराका स्वकीय सचिव शर्मा एमालेमा प्रवेश
नेपालबहस संवाददाता
चैत १०, २०७८ बिहिबार १८:२१:५४
१० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा एमालेमा प्रवेश गरेका छन् । बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले महराका स्वकीय सचिव शर्मा र उनी पत्नी सीता चौधरीलाई पार्टीमा स्वागत गरेका हुन् ।
महराका स्वकीय सचिव रहेका शर्माले केही दिनअघि माओवादी परित्याग गरेका थिए । शर्मा माओवादी केन्द्रको जिल्ला सचिवको आकांक्षी थिए । तर, माओवादीले जिल्ला सचिव अर्कैलाई बनाएपछि शर्माले असन्तुष्ट हुँदै पार्टी परित्यागको घोषणा गरेका थिए ।
शर्मा यसअघि माओवादी केन्द्र घोराही उपमहानगरपालिकाका अध्यक्ष भइसकेका व्यक्ति हुन् । उनकी पत्नी सीता अघिल्लो स्थानीय तहको चुनावमा माओवादी केन्द्रबाट घोराही उपमहानगरपालिकाको उपमेयर उठेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु, ३५ घाइते
पुष ५, २०८१ शुक्रबार
धरानमा आइतबारदेखि सङ्गीत जात्रा संस्कृति महोत्सव हुने
पुष ५, २०८१ शुक्रबार
मालढुङ्गा–बेनी सडक कालोपत्र गरिँदै
पुष ५, २०८१ शुक्रबार
नयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
मौसम छल्न आएका ठुलोजलेवा चरा
पुष ५, २०८१ शुक्रबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार