प्रधानमन्त्री देउवा चैत १८ मा तीनदिने राजकीय भ्रमणमा भारत जाँदै
नेपालबहस संवाददाता
चैत १०, २०७८ बिहिबार २०:५३:४३
१० चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अर्को साता भारत भ्रमणमा जाने भएका छन् । उनको भारत भ्रमणकाबारे औपचारिक जानकारी नआएपनि परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ ।
परराष्ट्र स्रोतकाअनुसार भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री लगायतका अरु नेताहरुसँगको भेटघाट कार्यक्रमबानरे तयारी भइरहेको छ । भारतका लागि नेपाली राजदूतसमेत नियुक्ति भइसकेकाले दूतावासले पनि काम अघि बढाएको छ ।
परराष्ट्र स्रोतको भनाइमा प्रधानमन्त्री देउवाको यो भ्रमण राजकीय भ्रमण भएकाले दुइदेशबीचमा महत्वपूर्ण सहमति हुनेछ । यसअघि ‘गुजरात समिट’मा जाने तयारी गरे पनि देउवाको भ्रमण कोरोना महामारीका कारण समिट नै रद्द भएपछि रोकिएको थियो ।
प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । देउवा गत असारमा पाँचौँ पटक प्रधानमन्त्री भएका थिए । प्रधानमन्त्री भएपछि देउवाले पहिलो विदेश भ्रमणका रूपमा कोप–२६ मा सहभागी हुन बेलायत गएका थिए ।
यता, स्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पनि भारतको एकदिने औपचारिक भ्रमणका लागि भारत गएका छन् । भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत गएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार