रुपन्देही सुपर लिगको उपाधिका लागि बुद्ध क्रिकेट र एमसीसी भिड्ने
नेपालबहस संवाददाता
चैत १०, २०७८ बिहिबार २१:३०:२०
१० चैत, भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगको उपाधिका लागि बुद्ध क्रिकेट क्लब र मेलवर्न क्रिकेट क्लब ‘एमसीसी’बीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार सम्पन्न सुपर फोरको अन्तिम खेलमा बुद्ध क्रिकेट क्लबले लुम्बिनी खुकुरी क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलको यात्रा निश्चित गरेको हो ।
लुम्बिनी खुकुरी पराजित भएसँगै नेट रन रेटका आधारमा एमसीसीसँग फाइनलका लागि छनोट भएको छ । बिहीबार टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ४६ रन बनाएको थियो ।
जसका लागि धिरज शाहीले ११ दुर्गेश गुप्ताले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । वलिङतर्फ सस्तैमा रोक्न बुद्धका रुपेश कुर्मीले ६ र वपिन खत्रीले ४ विकेट लिए ।
जवाफी ब्याटिङमा ४७ रनको लक्ष्य पाएको बुद्धले १० दशमलव एक ओभरमा सहजै लक्ष्य पार गर्यो । चार विकेटको क्षतिमा ५१ रन बनाउँदै ८ विकेटले जित निकाल्यो । जसका लागि रुपेश कुर्मी र विपीन रावलले अविजित ११ र १० रनको पारी खेले । बलिङमा लुम्बिनी खुकुरीका शाहाव आलमले २, धिरज शाही र अजयकुमार चौहानले समान १–१ विकेट लिए । बिहीबारको खेलमा रुपेश कुर्मी म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
१२ चैतसम्म हुने प्रतियोगितामा यस वर्षदेखि टिमले धेरै खेल खेल्न पाओस भन्दै सेमिफाइनलको ठाउँमा लिग चरणका प्रमुख टिमले राउण्ड रोबिन लिग खेलाइएको हो । जसबाट उच्च अंक प्राप्त गर्ने दुई टिम फाइनल पुगेको संघका सचिव सञ्जय गुरुङले जानकारी दिए ।
शनिबार हुने फाइनलमा बुद्ध र एमसीसीबीच प्रतिस्पर्धा हुनेछ । लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार