चुनाव लक्षित नेताहरूको दौडधूप तीव्र, शीर्ष नेता को कहाँ पुगे ?
नेपालबहस संवाददाता
चैत १०, २०७८ बिहिबार २३:१:१
१० चैत, काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेताहरूको व्यस्तता बढेको छ । सबै दलका नेताहरू यतिबेला चुनावी दौडाहमा छन् । कार्यक्रममा गएर भाषण गर्न भ्याइनभ्याई छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरू देशदौडाह तीव्रताका साथ चलिरहेको छ ।
हरेक पार्टीका दोस्रो तहका तथा अन्य नेताहरूको पनि व्यस्तता उस्तै छ । कोही त पाँच वर्षपछि पनि आफ्नो गाउँमा गएर भाषण गर्न भ्याइरहेका छन् । चुनाव नजिकिँदै गर्दा नेताहरू एकै दिन पाँचवटासम्म पनि कार्यक्रममा सहभागी भएका छन् । प्रधानमन्त्री देउवाले गत २८ फागुनमा वीरगञ्ज पुगे ।
जहाँ दुईवटा कार्यक्रममा सहभागी भए । जहाँ उनले कांग्रेस पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण गरे । त्यसपछि उनले नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं महाधिवेशनलाई सम्बोधन गरे ।
त्यसपछि उनी ३० फागुनमा नुवाकोट पुगे । उहाँ उनले तादी गाउँपालिका र किस्पाङ गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरे । उनीसँगै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतलाई साथमा लिएर गएका थिए । नुवाकोट जानु गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्नु मात्र नभएर पार्टी प्रवक्ता डा. महतको चुनाव प्रचार प्रसार गर्नु पनि थियो । जसले गर्दा उनी नुवाकोट पुगेका हुन् ।
त्यस्तै ५ चैतमा उनी विभिन्न तीन जिल्ला पुगे । रामेछाप पुगेर खिम्ती सबस्टेसनको उद्घाटन गरे, दोलखामा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनको अवलोकन गरे भने काभ्रेको तेमाल गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्न पुगे । चैत ७ गते मोरङको सुन्दरहरैँचा नगरपालिकाको प्रशासकीय भवनको शिलान्यास कार्यक्रममा सहभागी भए । प्रधानमन्त्री देउवा बिहीबार स्याङ्जाको चापाकोट नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गरेर तनहुँ पुगेका छन् ।
पछिल्ला केही दिनयता प्रधानमन्त्री देउवा विभिन्न जिल्ला पुगेर स्थानीय पालिकाको भवन उद्घाटनमा व्यस्त देखिएका छन् । त्यसरी भवन उद्घाटन गर्नुको पछाडि स्थानीय तह निर्वाचनका लागि कांग्रेसको प्रचार प्रसार गर्नु हो ।
एमाले अध्यक्ष केपी ओलीको पनि व्यस्तता बढेको छ । निर्वाचनको मिति तोकिएपछि ७ फागुनमा पहिलो पटक उनी उपत्यका बाहिर निस्किए । नवलपरासी पूर्वको मध्यविन्दु बहुमुखी क्याम्पस कावासोतीको १६औं स्थापना दिवस समारोहमा सहभागी हुन पुगे । साथै उनले नवनिर्मित भवनको उद्घाटनसमेत गरेका थिए ।
सोही दिन पोखरा पुगेर पार्टीको जनसंगठन राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्ज नेपाल (मानवाधिकार एलाइन्स) को पाँचौं राष्ट्रिय महाधिवेशनमा सहभागी भए । उनले सोही दिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लान्टको समेत उद्घाटन गरे ।
२४ फागुनमा उनी अर्को कार्यक्रममा सहभागी भए । पोखरामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेका जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र संविधानसभा सदस्य डिबी नेपालीसहित नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराए ।
२५ फागुनमा मोरङ पुगे । जहाँ उनले रंगेली नगरपालिकाका मेयर दिलीपकुमार बगडिया, उपमेयर केशवकुमारी खनाल र दुईजना वडाध्यक्षसहितका नेता–कार्यकर्तालाई स्वागत गरे । त्यसैगरी २७ फागुनमा पोखरामा प्रेस चौतारीको नवौं महाधिवेशनको उद्घाटन समारोहमा सहभागी भए । १ चैतमा काठमाडौंमै आयोजित अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन गरे ।
६ चैतमा इलाम पुगे । इलामको फिक्कलमा आयोजित कार्यक्रममा ओलीले पार्टी प्रवेश गर्नेलाई स्वागत गरे । ८ चैतमा काठमाडौंमै आयोजित कार्यक्रममा समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंह तथा अभिनेत्री करिश्मा मानन्धरलाई स्वागत गरे ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि व्यस्तता उस्तै छ । २५ फागुनमा उनी नेपाल उद्योग व्यवसायी महासंघको कार्यक्रममा सहभागी भए । काठमाडौंमै आयोजित कार्यक्रममा उनी प्रमुख अथिति बनेर गएका थिए ।
२७ फागुनमा सुर्खेत पुगे । जहाँ जिल्ला समन्वय समितिका उपप्रमुख ज्ञानीप्रसाद शर्मासहितका थुप्रै नेता कार्यकर्तालाई पार्टी प्रवेश गराए । कर्णाली प्रदेशको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेका थिए । ‘माओवादी केन्द्रले समाजवाद उन्मुख समृद्धिका लागि स्थानीय सरकार, घरघर जाऔं, माओवादी केन्द्रलाई विजयी गराऔं’ नारा अघि सारेको छ । सोही आधारमा पार्टीले चुनावी गतिविधि गर्दै आएको छ ।
२८ फागुनमा पोष्टबहादुर बोगटीको शालिक अनावरण गर्न नुवाकोट पुगे । शालिकको अनावरण गर्दै उनले बोगटीले पार्टीमा पु¥याएको योगदानको प्रशंसा गरे । २९ गते माओवादी केन्द्र प्रदेश नम्बर १ को राजनीतिक वैचारिक प्रशिक्षणका लागि विराटनगर पुगे । जहाँ नेता तथा कार्यकर्तालाई चुनावमा पार्टीलाई पहिलो शक्ति बनाउने लक्ष्यसहित अगाडि बढ्न निर्देशन दिए ।
त्यसपछि उनी ३० फागुनमा धनगढी पुगे । जहाँ सुदूरपश्चिम प्रदेशका नेता तथा कार्यकर्ताहरूलाई प्रशिक्षण दिए । १ चैतमा पार्टी कार्यालयमै आयोजित कार्यक्रममा नेकपा मसाल निकट प्रगतिशील पत्रकार संघका केन्द्रीय समितिका पूर्वअध्यक्ष उदय जीएमलाई स्वागत गरे । त्यस्तै २ गते सुनुवार सेवा समाजथका अध्यक्ष रणवीर सुनुवारसहितका थुप्रै नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरे ।
सोही दिन माओवादी केन्द्र उपत्यका विशेष प्रदेश समिति–सम्पर्क समन्वय विशेष प्रदेश समिति तथा प्रवास समन्वय समितिको वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रममा सम्बोधन गरे । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले आसन्न निर्वाचन लक्षित प्रशिक्षण दिए ।
५ चैतमा नेपाल राष्ट्रिय कर्मचारी संगठन सिन्धुलीको जिल्ला अधिवेशन उद्घाटन गर्न पुगे । जहाँ उनीसँगै सभामुख अग्नि सापकोटामा पनि थिए । सोही दिन जिल्ला पार्टी कार्यालय सिन्धुलीको नवनिर्मित भवनको समेत उद्घाटन गरे ।
६ गते उनी गण्डकी प्रदेशको कार्यक्रममा सहभागी हुन पोखरा पुगे । पोखरा पुगेर उनले चुनावी तालमेलका लागि माओवादी केन्द्र नभई अरू पार्टीहरू आफूकहाँ आउनुपर्ने बताए ।
८ चैतमा प्रचण्डले घाइते पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डर भक्त रानाको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पताल पुगे । भेटको क्रममा उनले आगामी दिनमा पार्टी र सरकारको तर्फबाट उपचारको पहल तथा व्यवस्थामा कुनै कमि हुने नदिने, सात वर्षको बच्चाको पढाइ र श्रीमतीको रोजगारीका लागि पहल गर्ने बताए ।
साथै उनले घाइते तथा अपांगता भएका व्यक्तिको उपचार तथा जीविकोपार्जनमा विशेष ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । प्रचण्ड बिहीबार चितवन पुगेका छन् । चितवनको आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन् । त्यहाँ पुगेर माडीका जनतासँग भेटघाट गरेका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पनि दौडधूप तीव्र नै छ । ४ चैतमा उनी गोरखा पुगे । उत्तरी गोरखाको लाप्राक पुगेका अध्यक्ष नेपालले वृद्धभत्ता आफूले सुरु गरेको बताए । मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला आफूले वृद्धभत्ताको सुरुवात गरेको भन्दै जनताले त्यो बिर्सिएको बताए ।
५ चैतमा एकीकृत समाजवादी धुनीवेशीको नगर कमिटीको कार्यक्रममा सहभागी भए । ६ चैतमा काठमाडौंमै पार्टी प्रवेश कार्यक्रम राखियो । जहाँ उनले थुप्रै नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरे ।
यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि चुनावी दौडाहमा छन् । उनीहरू एकै दिन दुईदेखि पाँचवटा कार्यक्रममा उपस्थित हुने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार