परामर्श नगरेको भन्दै कोइराला समूहले बोलायो नेविसंघ र तरुण दलको राष्ट्रिय भेला
नेपालबहस संवाददाता
चैत १०, २०७८ शुक्रबार १:४३:५४
१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफुहरुसँग परामर्श नगरी अगाडी बढ्न खोजेको भन्दै संस्थापनइतर समूहले नेपाल विद्यार्थी संघ र तरुण दलमा आवद्ध आफ्नो पक्षको राष्ट्रिय भेला बोलाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले परामर्श नगरी नेविसंघ र र तरुण दलको अध्यक्ष चयन गरेपछि डा.शेखर कोइरालाले नेतृत्व गरेको संस्थापनइतर समूहले आफू पक्षका नेताहरुको भेला बोलाएको नेता गुरुराज घिमिरेले जानकारी दिए ।
उनले तीन दिनभित्र नेविसंघ र तरुण दलको संयुक्त रुपमा राष्ट्रिय भेला गर्ने भनिएको र यसमा अरु जोडिन आए भने ढोका खुला रहेको बताए । कार्यसम्पादन समितिले भ्रातृ संस्थाको नेतृत्व सभापतिले आपसी परामर्शमा चयन गर्ने निर्णय भए पनि देउवाले त्यसलाई लत्याएको शेखर पक्षको आरोप छ ।
नेता घिमिरेले पार्टीका कुनै पनि निर्णय नेताहरु बीचको समझदारीबाट हुनुपर्छ भन्दै पार्टीभित्र एकाधिकार स्वेच्छाचारिता देखिन थालेको बताए । नेविसंघको अध्यक्ष नियुक्तिको विरोधमा शेखर पक्षका कार्यकर्ताले विरोध प्रदर्शन पनि गर्ने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार