रुसको आक्रमणविरुद्धको लडाईँमा युक्रेन एक्लै छैन: बेलायती प्रधानमन्त्री जोन्सन
नेपालबहस संवाददाता
चैत ११, २०७८ शुक्रबार १२:२५:३६
११ चैत एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुसको आक्रमणविरुद्धको लडाईँमा युक्रेन एक्लै नरहेको बताएका छन् ।
‘युक्रनेमाथि आफ्नो रोष प्रकट गर्दासम्म पुटिनको साथमा उभिन’ नसक्ने र युक्रेनका लागि रक्षात्मक हतियारको सहयोग बढाउने जोन्सनले बताए । ब्रसेल्समा भएको पश्चिमा सैन्य गठबन्धन नेटो सम्मेलनलाई सम्बोधन गर्दै जोन्सनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रासायनिक हतियार प्रयोग गरेमा त्यसको परिणाम ‘उनका लागि भयानक हुने’ चेतावनी दिएका छन् ।
यसअघि बेलायतले बेलायतका थप ६५ समूह तथा व्यक्तिहरुमाथि प्रतिबन्धको घोषणा गरेको थियो । जोन्सनका अनुसार रुस शान्ति चाहँदैन र उसले युद्धलाई थप सघन बनाउने सोच गरिरहेको छ । युक्रेन युद्धका सम्बन्धमा नेटो, युरोपियन युनियन र जिसेभेन राष्ट्रका नेताहरुले आकश्मिक बैठक गर्दैछन् ।नेटो सम्मेलनपछिको पत्रकार सम्मेलनमा जोन्सनले बेलायतले युक्रेनलाई सैन्य तथा आर्थिक सहयोग जारी राख्ने बताएका छन् ।
यस्तै बेलायतले बुल्गेरियामा थप सैनिक पठाउने पनि बताएका छन् । यस्तै पोल्याण्ड र इस्टोनियामा पनि सैनिकको संख्या दोब्बर बनाउने भएको छ ।यसअघि नेटोले बुल्गेरिया, हंगेरी, रोमानिया र स्लोभाकियामा नयाँ लडाकु समूह बनाउने घोषणा गरेको थियो । सोही अनुसार सैनिक थप गर्ने बेलायतले उल्लेख गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोभिडसम्बन्धी जानकारी ‘केही नलुकाई’ साझा गरेको चीनको दाबी
पुष १६, २०८१ मंगलबार
जापानमा भारी हिमपात हुँदा दर्जनौँ उडान रद्द
पुष १६, २०८१ मंगलबार
ओलम्पिक, उथलपुथल र ट्रम्पको वर्षपछि विश्वले सन् २०२५ लाई स्वागत गर्दै
पुष १६, २०८१ मंगलबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार