एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले आज पीएनजी विरुद्ध प्रतिस्पर्धा गर्दै
नेपालबहस संवाददाता
चैत ११, २०७८ शुक्रबार १२:५०:५२
११ चैत काठमाडौं । नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज शुक्रबार पाहुना टोली पपुवा न्युगिनी पीएनजी विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र पीएनजीबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ ।
दुई खेलको एकदिवसीय सिरिज र त्रिदेशीय टी(ट्वान्टी सिरिजका लागि पीएनजी नेपालको भ्रमणमा आएको हो । दोस्रो खेल शनिबार हुनेछ । युएईमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेर पीएनजी नेपाल आएको हो ।
उक्त सिरिजमा नेपालले दुबै खेलमा पीएनजीलाई हराएको थियो । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेट तथा दोस्रो खेलमा ७ विकेटले हराएको थियो । नेपाली टोलीका मुख्य प्रशिक्षक मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पीएनजीविरुद्ध युवा खेलाडीलाई मौका दिने बताएका छन् ।
कप्तान सन्दीपले समेत यस सिरिजमा नयाँ र युवा खेलाडीलाई अवसर दिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
जनकपुरमा एनपीएल विजेता जनकपुर बोल्ट्सलाई भव्य स्वागत, मधेसभर विजय उत्सवको तयारी
पुष १२, २०८१ शुक्रबार
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
पुष १२, २०८१ शुक्रबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
राजदूत सोङ ड्रागनको सिङमा पेन्ट गर्दै
पुष १४, २०८१ आइतबार
लक्ष्मी चण्डी मुरारका विद्यार्थी आन्दोलित
पुष १४, २०८१ आइतबार
अदुवा प्रशोधन गर्नका लागि तयारी थाल्दै
पुष १४, २०८१ आइतबार
लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण
पुष १४, २०८१ आइतबार
आन्तरिक तथा बाह्य पर्यटक बोट रेस हेर्दै
पुष १४, २०८१ आइतबार
सभामुखद्वारा झापाका हर्कराज राईलाई प्रतिनिधि सभाको सचिवमा सिफारिस
पुष १४, २०८१ आइतबार