प्रधानमन्त्री देउवा अर्को साता भारत भ्रमणमा जाने
नेपालबहस संवाददाता
चैत ११, २०७८ शुक्रबार १३:२:५७
११ चैत काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् ।
पाँचौँ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवा पहिलो औपचारिक भ्रमणमा भारत जान लागेका हुन् । उनि आउँदो १८ गते भारत जाने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा तीन दिने औपचारिक भ्रमणमा जान लागेका हुन् । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण भएको एक हप्ताभित्रै देउवा भारत जान लागेका हुनत् । यसअघि देउवाको भारत भ्रमण रद्द भएको थियो ।
गएको पुसमा भाइब्रेन्ट गुजरात समिटमा भाग लिन देउवा भारत जाने भनिए पनि कोरोनाका कारण त्यो कार्यक्रम नै स्थगित भएपछि भ्रमण रद्द गरिएको थियो । देउवाले पछिल्लो पटक २०७४ साल भदौमा भारतको पाँच दिने राजकीय भ्रमण गरेका थिए । नेपालले भारतको अतिक्रमणमा परेको लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा ल्याएपछि नेपाल र भारतको सम्बन्ध चिसिएको छ ।
लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो दाबी गर्दै आएको छ । त्यसयता सीमा विवाद, दार्चुलाको तुइन घटना लगायतका कारण दुई देशको सम्बन्ध सुमधुर छैन । कुटनीतिज्ञले छिमेकी देशसँग सुमधुर सम्बन्ध राख्नु पर्नेमा जोड दिँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार
भौतिक विकास मात्र होइन, आध्यात्मिक ज्ञानलाई महत्त्व दिनुपर्छ : उपप्रधानमन्त्री सिंह
पुष १६, २०८१ मंगलबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार