बेमौसमी रडाँकोमा रुमलिएको कांग्रेससँग साझेदारका अपेक्षा
नेपालबहस संवाददाता
चैत ११, २०७८ शुक्रबार १३:४७:८
११ चैत, काठमाडौं । चुनावको संघारमा आएर नेपाली कांग्रेसभित्र बेमौसमी विवाद सुरु भएको छ । गएको निर्वाचनमा पार्टिको आन्तरिक कलहकै कारण लज्जाजनक हार व्यहोरेको कांग्रेस अहिले पनि स्थानीय तहको निर्वाचनको मुखमा मात्र छैन, यसलाई पार लगाउनुपर्ने जिम्मेवारीमा पनि छ ।
कांग्रेसका लागि अहिले आफ्नै पार्टीको व्यवस्थापन मात्रै चुनौति छैन,सत्ता र सत्ता गठबन्धनमा रहेका दलहरुमाथि पनि केहि दायित्व छ । विशेष परिस्थितिमा बनेको गठबन्धन सरकारमा सहभागि दलहरु आगामी निर्वाचनमा एक्लै लड्न सक्ने हैसियतमा नरेकाले कांग्रेससँग गठबन्धनको अपेक्षा गरिरहेका छन् ।
यतिबेला कांग्रेसभित्रै गठबन्धनका विषयमा एकमत छैन । पार्टीभित्रका आन्तरिक विषयमै संस्थापन पक्ष र संस्थापनइतर पक्षकाबीचमा केहिदिन यता रडाँको सुरु भएको छ ।
पार्टीको १४ औँ महधिवेशन अघिसम्म संस्थापन इतर समूहको नेतृत्व गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आफु पक्षका जिल्ला सभापतिहरुको भेला बोलाएका छन् ।
कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको नेतृत्वमा सभापति शेरबहादुर देउवाको छनोट प्रक्रियाप्रति असहमति जनाउँदै डा.शेखर कोइराला समूहले संगठनको राष्ट्रिय भेला बोलाएको छ । यसले पनि कांग्रेसभित्रबाट अब कुनै पनि निर्णयहरु सहजरुपमा आउने देखिदैन् र यसको प्रत्यक्ष निर्वाचनमा पार्ने छ ।
यहि परिस्थिितिमा सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । तर यो बैठकले गर्ने निर्णयबारे भने कांग्रेस मात्र होइन, सत्ता साझेदार दलहरुको पनि उत्तिकै चासो छ ।
पछिल्लो समय सभापति देउवाको विपक्षमा कडा रुपमा प्रस्तुत भइरहेको कोइराला समुहले केन्द्रीय समितिमा सभापतिले प्रस्तुत गर्ने एजेण्डाप्रति कसरी प्रस्तुत हुन्छ यसले पनि अब काँग्रेसको विवाद कसरी जान्छ भन्ने कुरा देखाउँछ ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले लिने निर्णयमा सत्ताझेदार माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको चासो छ । किनकी कांग्रेसले निर्णय नगरेकै कारण आगामी चुनावमा गठबन्धन हुने वा नहुने र भइहाले कस्तो मोडालिटीमा हुने भन्ने टुंगिन बाँकी छ ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आफ्नो पार्टीको केन्द्रीय समितिको बैठकसम्म पर्खिन आग्रह गरेका छन् । त्यसैले कांग्रेसको आज बस्ने बैठकले गर्ने निर्णयमा सत्तारुढ दलहरुको चासो छ ।
स्थानीय तहको चुनावमा तालमेल गरेर जानेबारे भने सत्ता गठबन्धनका दुई प्रमुख नेताको मत मिलेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन स्थानीय चुनाव मात्रै नभई संघीय चुनावसम्मै लैजाने बताएका छन् ।
तनहुँको पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म नै गठबन्धनलाई लैजानुपर्ने धारणा राखेछन् । तर, कोइराला समूहले सभापतिको यो भनाइलाई मानेर जाने संकेत दिएको छैन ।
कोइराला पक्षलाई बाहिर राखेर गरिएको एकपक्षीय निर्णय नसच्चाएसम्म सभापति देउवा र कोइरालाबीच सहजै सहमति हुने अवस्था कांग्रेस नेताहरु देख्दैनन् ।
बहुमतको आडमा पेलेर निर्णय लिन थालेको निष्कर्ष निकाल्दै असन्तुष्ट पक्ष देउवालाई दबाब दिन आक्रमक रणनीतिको तयारीमा देखिन्छ ।
हुनतः कांग्रेस सभापति देउवाले पार्टीको विधानको दफा २१ अनुसार पुस १७ मा १० जना केन्द्रीय सदस्यलाई मनोनित गरेसँगै कांग्रेसमा पछिल्लो विवाद देखिएको हो ।
यसअघि सभापतिका निकटतम प्रतिद्वन्दीलाई दोस्रो मर्यादा क्रममा राखिँदै आएको भए पनि देउवाले कोइरालालाई मर्यादा क्रमको २० नम्बरमा राखेका थिए ।
अर्को पदाधिकारीमा पराजित मीनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायतका कोइराला खेमाका नेतालाई केन्द्रीय समितिमा मनोनित गरेका छैनन् ।
कांग्रेसको विधानको दफा २१ मा केन्द्रीय सभापतिले समावेशी प्रतिनिधित्वसमेतलाई ध्यानमा राख्दै ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने व्यवस्था छ ।
पार्टीको विपक्षी खेमाले भने केन्द्रीय सदस्य मनोनयनमा देउवाले एकलौटी निर्णय गरेको आरोप खुला रुपमै लगाएको छ ।
सभापतिले मनोनयन गरेका केन्द्रीय सदस्यमा वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि चौधौँ महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधि मात्र छैनन्, पहिलो चरणको सभापति चुनावमा २० भोट मात्र ल्याएर दोस्रो चुनावमा सभापति देउवालाई समर्थन गर्ने कल्याण गुरुङसमेत मनोनित भइसकेका छन् ।
यस्तै उपसभापति पदमा पराजित विजयकुमार गच्छदार, सुजाता कोइराला मनोनित भइसकेका छन् भने महाधिवेशनमा महामन्त्री पदमा पराजित प्रकाशशरण महतसँगै चुनावै नलडी देउवालाई सघाएका कृष्ण सिटौला, नारायण खड्का, मीनबहादुर विश्वकर्मा पनि केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।
सभापति देउवाले १८ पुसमा फेरि देउवा प्यानलबाटै महामन्त्रीमा पराजित प्रदीप पौडेल र सहमहामन्त्री पदमा हारेका जीवनबहादुर शाहीलाई पार्टी विधानको केन्द्रीय सदस्य मनोनित गरे ।
पौडेल महामन्त्री पदमा देउवा प्यानलबाट लडेर हारेका थिए तर विपक्षी खेमाबाट उपसभापति हारेका चन्द्र भण्डारी र महामन्त्री हारेका मीनेन्द्र रिजाल भने देउवाको रोजाइमा परेनन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा तीन एजेन्डा छन् । स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षा’, संसदीय समिति गठन र विविध ।
कांग्रेसले २९ फागुनदेखि देशभर चुनावी अभियान चलाएको हो । यसका लागि हरेक जिल्लामा केन्द्रीय सदस्यहरुलाई खटाएको छ, जसले त्यहाँको वस्तुस्थितिबारे रिपोर्टिङ गर्ने छन् । त्यसका आधारमा बैठकले चुनावी तालेमलबारे समेत निर्णय गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार