देशका केही स्थानमा आज हावाहुरी सहित वर्षाको सम्भावना
नेपालबहस संवाददाता
चैत ११, २०७८ शुक्रबार १३:२६:५३
११ चैत काठमाडौं । देशका केही स्थानमा आज हावाहुरी चल्ने सम्भावना भएकाले सचेत रहन मौसमविद्ले आग्रह गरेका छन् ।
स्थानीय वायुसँगै माथिल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले हावाहुरी चलेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनकाअनुसार आज पनि बेलुकीपख काठमाडौंसहित पहाडी क्षेत्रमा हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना छ ।
आज प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने मौसमविद् प्रधानाङ्गले बताए । हावाहुरी र मेघगर्जन हुने बेलुकीको सयममा सकेसम्म हिँडडुल नगर्न र खेतबारीको काम नगर्न मौसमविद्को सुझाव छ ।
भोलिको मौसम पनि यस्तै रहने अनुमान छ । प्रि-मनसुनमा स्थानीय वायुको प्रभावकै कारण छोटो समयमा नै मौसम बद्ली भइ हावाहुरी चल्ने, चट्याङ्ग पर्ने र असिना पानी पर्ने हुन्छ । अहिले भने देशका धेरै ठाउँमा घाम लागेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि
पुष १६, २०८१ मंगलबार
पाँच हजार आठ सय पन्ध्र रोपनीको गाँजा फँडानी
पुष १६, २०८१ मंगलबार
‘बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियान’लाई प्रधानमन्त्रीको शुभकामना
पुष १६, २०८१ मंगलबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार