कसरी प्रस्तुत हुँदैछ कोइराला समूह आजको कांग्रेस केन्द्रीय समिति बैठकमा
नेपालबहस संवाददाता
चैत ११, २०७८ शुक्रबार १७:९:३४
११ चैत, काठमाडौं । विगत केहीदिन यता सभापति शेरबहादुर देउवाले गरेका निर्णय र उनको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आएको डा. शेखर कोइरला समूह केन्द्रीय समितिमा कडा रुपमै प्रस्तुत हने अनुमान धेरैको छ । बैठकका एजेण्डा र त्यहाँ राखिने आफ्ना पक्षका धारणाबारे अहिले सो समूहमा छलफल पनि भइरहेको छ ।
शुक्रबार दिउँसो २ बजे पार्टी कार्यलय सानेपामा बस्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा राखिएका एजेण्डकका विषयमा पहिलो एजेण्डा छ नेपाल विद्यार्थी संघ र तरुणदलको नेतृत्मा चयनमा देउवाले परामर्श नगर्नूको कारण ।
सभापतिमा पराजित भएपछि शेखर कोइराला समूहले सभापति देउवाको खासै विरोध गरेको थिएन । तर, देउवाले एक्लै अगाडी जाने नीति लिएपछि उनका निर्णयको प्रतिवादमा जाने कोइराला समूहको तयारी छ ।
कोइराला समूहले सभापतिलाई विश्वास र सहमतिका आधारमा निर्णय गर्न अधिकार प्रदान गरिएकोमा उनले त्यो अधिकारको दूरुपयोग गरेर नेविसंघ र तरुण दलको अध्यक्षमा एकलौटी मनोनित गरेको बताएको छ । देउवाको यो निर्णय लगत्तै कोइराला समूहले अलग्गै भेला डाकेर असन्तुष्टी प्रकट गरिसकेको छ ।
यसबाहेक आजको बैठकमा जिल्लाको अवस्थाबारेको रिपोर्टिङ र निर्वाचनमा उम्मेदवार छनोटका लागि गठन गर्न लागिएको संसदीय समितिको विषय छलफलमा राखिएको छ । जिल्लामा आफुहरुले पाएको अनुभव सुनाउने र भरसक गठबन्धन नगरी एक्लै चुनावमा जाने कुरालाई दवावमुलक ढंगले उठाउने तयारी छ ।
गठबन्धन गर्नै पर्ने अवस्था आएमा विधानले तोके बमोजिमका समितिहरुले मात्रै गर्नुपर्ने धारणा कोइराला समुहको छ । केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री समेत रहेका देउवाले केन्द्रबाटै निर्णय गराउन खोजे यसको पनि प्रतिवाद गर्ने तयारीमा कोइराला समूह रहेको छ ।
अर्को महात्वपूर्ण विषय भनेको विधानअनुसार बन्ने चार तहका संसदीय समितिहरुमा संस्थापन पक्षले एकलौटी गर्ला भन्ने चिन्ता यो समूहलाई छ । समितिम देउवाले आफु पक्षकालाई मात्रै प्राथमिकतामा राखेर समितिमा नामहरु प्ठाए त्यसको पनि प्रतिवाद गर्ने कोइराला समूहले जनाएको छ ।
गत गत बुधबार सभापति देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए । जसमा कोइराला समूहले असन्तुष्टी जनाउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार
अष्ट्रेलिया भ्रमणपछि विराट-रोहितको युगको अन्त्य !
पुष ५, २०८१ शुक्रबार
एमसीएमा हुने बक्सिङ डे टेस्टमा अष्ट्रेलियाको टोलीमा ठूलो परिवर्तन
पुष ५, २०८१ शुक्रबार
पर्यटकीय गाउँ सिक्लेस र मनोरम दृश्य
पुष ५, २०८१ शुक्रबार
केही प्रसारण लाइन मर्मत गर्न विद्युत कटौती गर्नुपरेको हो, लोडसेडिङ गरेको होइनः घिसिङ
पुष ५, २०८१ शुक्रबार