‘द कश्मीर फाइल्स’ सफलताको पाँच कारण
नेपालबहस संवाददाता
चैत ११, २०७८ शुक्रबार १६:३१:२०
११ चैत, काठमाडौं । निर्देशक विवेक अग्नीहोत्रीको फिल्म ‘द कश्मीर फाइल्स’ले दुई सय करोड कमाईको आँकडा पार गरेको छ । यो फिल्मले १३ दिनमै यति धेरै व्यापार गर्छ भन्ने कुरा कसैले सोचेका पनि थिएनन् । न त फिल्म निर्माता, कलाकार तथा दर्शकलाई नै थियो ।
पहिलो दिन बक्सअफिसमा ३ दशमलब ५ करोड कमाउने फिल्मले सय करोड पूरा गर्छ भन्ने कल्पना कसैको पनि थिएन । तर फिल्मले त्यो देखाएरै छोड्यो । १५ करोड बजेटमा बनेको यो फिल्मले ठूला-ठूला फिल्मलाई बक्सअफिसमा पानी पिउन बाध्य बनाइदियो । यो फिल्मको सुरुवाती समयदेखि अहिलेसम्मको यात्रालाई हेर्ने हो भने पाँच कारणले बक्सअफिसमा सफल भयो भन्ने मान्न सकिन्छ ।
वास्तविक घटनामा आधारित : ‘द कश्मीर फाइल्स’ हेरेका घाटीबाट ज्यान जोगाउन भागेर आएका कश्मीरी हिन्दु पुराना दिन सम्झेर भावुक भइरहेका छन् । उनीहरुका सन्तानहरु जो १९९० को दशकपछि जन्मिए, उनीहरुले अग्रजबाट त्यसको कथा सुनेका थिए । अहिले उनीहरु नै फिल्म हेरेर त्यहाँको पीडाबोधको अनुभव गरिरहेका छन् । सामाजिक सञ्जालमा कश्मीरका हिन्दुहरु आफूमाथि भएको अत्याचारको बेलीविस्तार लगाइरहेका छन् । कश्मीरको प्रतिनिधित्व नगर्ने व्यक्तिहरु पनि ९० को दशकमा कश्मीरमा के भएको थियो, जसकारण करिब ५ लाख मानिसले आफ्नो घर छोडेर भागेका थिए भन्ने कुरा जान्नलाई फिल्म हेरिरहेका छन् ।
विवादको सहारा : यो फिल्म रिलिज हुनुअघि नै एक फ्यानले प्रश्न गरेपछि निर्देशक विवेक अग्नीहोत्रीले यसबारे विवाद सुरु गरेका थिए । जसकारण उनलाई ‘द कपिल शर्मा’ शोमा प्रमोसनका लागि बोलाइएन । उनले आफूलाई फिल्म प्रमोसनका लागि २५ रुपैंयाँ मागेको उल्लेख गरेपछि राष्ट्रियताको नाममा कपिल शर्मालाई सामाजिक सञ्जालमा ट्रोल बनाउन थालियो । मानिसहरुमा रिसको पारो बढ्यो र ट्विटरमा ‘बायकट द कपिल शर्मा शो’ ट्रेन्ड हुन थाल्यो । मानिसहरुले फिल्मको प्रमोसन आफैं गर्ने निर्णय लिए ।
राजनीतिक समर्थन : ‘द कश्मीर फाइल्स’ निकै शान्त तरिकाले रिलिज भयो । फिल्मको समीक्षा पनि सन्तुलित थियो । यसपछि मानव भावनामा आवेग आयो र यसले आफ्नो चपेटामा राजनीतिक हस्तीलाई पनि पार्यो । सबैभन्दा पहिला हरियाणाको खट्टर सरकारले यसलाई ट्याक्स फ्रि गरिदियो । त्यसपछि धेरै राज्य सरकारले ट्याक्स फ्रि गरिदियो ।
वर्ड अफ माउथ पब्लिसिटी : यो फिल्मको प्रमोसन कुनै ठूलो मञ्चमा गरिएन । तर पनि यो फिल्म हेर्नका लागि थिएटरमा दर्शकको भीड बढिरहेको छ । यसको कारण यो हो कि फिल्म हेरेका दर्शकहरुले परिवार तथा साथीभाईलाई फिल्म हेर्न प्रोत्साहित गरिरहेका छन् । सामाजिक सञ्जाल यो फिल्म हेरेर भावुक भएका दर्शकको भिडियोले भरिएको छ । जसको परिणामा कोरोना महामारीमा फिल्म हलबाट टाढिएका दर्शकहरु अहिले परिवार लिएर यो फिल्म हेर्न गइरहेका छन् ।
सेलिब्रेटीको समर्थन : अभिनेत्री कंगना रनावत हरेक दिन ‘द कश्मीर फाइल्स’ को समर्थनमा इन्स्टाग्राम स्टोरीमा केही न केही शयर गरिरहन्छिन् । अभिनेता आमिर खानले पनि दर्शकलाई यो फिल्म अनिवार्य हेर्न आग्रह गरेका छन् । फिल्मप्रति नकारात्मक धारणा बनाउनेहरु प्रति दर्शकहरु आक्रोशित छन् । एजेन्सीको सहयोगमा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
जेठ ४, २०८१ शुक्रबार
रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी
जेठ ४, २०८१ शुक्रबार
महिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारियो
जेठ ४, २०८१ शुक्रबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार