चुनावमा जाने राजनीतिक प्रस्ताव लिएर बैठक डाकेका विप्लव आफै अल्पमतमा
नेपालबहस संवाददाता
चैत ११, २०७८ शुक्रबार १७:३८:२७
११ चैत, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा चुनावमा नजानेहरूको स्पष्ट बहुमत देखिएपछि महासचिव चन्द अल्पमतमा परेका छन् । चुनावलाई उपयोग गर्नुपर्ने नेकपा महासचिव विप्लवको प्रस्ताव पार्टीभित्र अल्पमतमा परेको छ ।
गत शुक्रबारदेखि कपिलवस्तुमा जारी केन्द्रीय कमिटी बैठकमा विप्लवले चुनावलाई उपयोग गर्ने भने पनि त्यसको मोडालिटीबारे खुला छलफल गर्ने प्रस्ताव गरेका थिए । बिहीबारसम्म सबै केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखिसकेका छन् । अब महासचिव विप्लवले मात्रै बोल्न बाँकी छ ।
अहिलेसम्म चुनावमा जानु हुँदैन भन्ने पक्षमा ६६ जनाले केन्द्रीय कमिटी धारणा राखेका छन् । केन्द्रीय कमिटी बैठक अझै १÷२ दिन बस्ने भएको छ । विप्लवको प्रस्ताव असफल भएपछिको पार्टीको रणनीति के हुने भन्ने छलफलसमेत गर्न जरूरी रहेको बताइएको छ ।
२०६९ सालमा तत्कालीन एकीकृत माओवादीसँग विभाजन गर्दा मोहन वैद्यलाई साथ दिएका विप्लवले त्यसपछि २०७१ मा वैद्यसँग विद्रोह गरेका थिए । केही समय सशस्त्र क्रान्ति गर्ने भनेर भूमिगत भए पनि २०७७ फागुनमा केपी शर्मा ओली नेतृत्वको सरकारसँग वार्ता गरेर उनी शान्तिपूर्ण राजनीतिमा आएका हुन् ।
नेकपाको ५ सदस्यीय सचिवालयमा विप्लव र प्रकाणड एकातिर छन् भने हेमन्तप्रकाश ओली चुनावको विपक्षमा थिए। एक केन्द्रीय सदस्यका अनुसार सन्तोष बुढा मगर समेत निर्वाचनको विपक्षमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
युक्रेन सम्झौताका लागि ट्रम्पलाई भेट्न पुटिन तयार
पुष ५, २०८१ शुक्रबार
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु, ३५ घाइते
पुष ५, २०८१ शुक्रबार
धरानमा आइतबारदेखि सङ्गीत जात्रा संस्कृति महोत्सव हुने
पुष ५, २०८१ शुक्रबार
मालढुङ्गा–बेनी सडक कालोपत्र गरिँदै
पुष ५, २०८१ शुक्रबार
नयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार