तातोपानी नाकाबाट २ सय ३२ मेट्रिक टन मल भित्रियो
नेपालबहस संवाददाता
चैत ११, २०७८ शुक्रबार १८:२:४०
११ चैत, सिन्धुपाल्चोक । तातोपानी भन्सार नाकाबाट थप २३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ । सोही नाका भएर बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो ।
बुधबार भित्रिएका मल प्रयोगशाला परीक्षण गरी राजधानी पठाइएको तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले जानकारी दिए । रासायनिक मलको चर्को अभाव झेल्दै आएका किसानलाई यसले राहत दिने बताइएको छ । सिल्क मार्केटले चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी पाएको थियो ।
बोलपत्र पाएपछि छ महिनाअघि सो कम्पनीले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ । अहिले बाँकी मल ल्याउन थालिएको कम्पनीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रम : आठ सय रोपनीमा खेती विस्तार
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
पर्यटकीय गाउँ सिक्लेस र मनोरम दृश्य
पुष ५, २०८१ शुक्रबार
केही प्रसारण लाइन मर्मत गर्न विद्युत कटौती गर्नुपरेको हो, लोडसेडिङ गरेको होइनः घिसिङ
पुष ५, २०८१ शुक्रबार
नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
पुष ५, २०८१ शुक्रबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
युक्रेन सम्झौताका लागि ट्रम्पलाई भेट्न पुटिन तयार
पुष ५, २०८१ शुक्रबार
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु, ३५ घाइते
पुष ५, २०८१ शुक्रबार