अचार व्यवसायबाट राम्रो आम्दानी, यस्ता छन बनाउने तरिका
नेपालबहस संवाददाता
चैत ११, २०७८ शुक्रबार १८:११:३५
११ चैत, नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा महिलाको एक समूह अचार व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएको छ । सुनवल नगरपालिका–१ को सो समूहले एक वर्षदेखि सुनवल अचार उद्योग स्थापना गरी विभिन्न प्रकारका अचार उत्पादन गर्दै आएको समूहकी संयोजक समीक्षा सिजापतीले बताइन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट तीनमहिने तालिम लिएपछि सुनवल–१ मा महिलाले समूह गठन गरेका थिए । चार जना महिलाको यो समूहले अकबरे खुर्सानी, अमला, लप्सी, च्याउ, गुन्द्रुक, तामा, मूला, गाजरलगायतका तरकारीजन्य वस्तुको समेतबाट अचार बनाएर बिक्री वितरण गर्दै आएकामा काम गरेअनुसारको दाम पनि कमाउन सफल भएको समूहकी अर्की उद्यमी झरना बरालले बताइन् ।
सो समूहले उत्पादन गरेको अचारले छ महिनामा नै राम्रो बजार पाएको समूहले जानकारी दिएको छ । समूहले सुरुमा एक लाख रुपियाँको लगानीबाट अचार उद्योग सुरु गरेको थियो । समूहले उत्पादन गरेको अचारले नवलपरासीको स्थानीय बजारमा नै खपत हुने गरेको उद्यमी सिजापतीले जानकारी दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रम : आठ सय रोपनीमा खेती विस्तार
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार
अष्ट्रेलिया भ्रमणपछि विराट-रोहितको युगको अन्त्य !
पुष ५, २०८१ शुक्रबार
एमसीएमा हुने बक्सिङ डे टेस्टमा अष्ट्रेलियाको टोलीमा ठूलो परिवर्तन
पुष ५, २०८१ शुक्रबार
पर्यटकीय गाउँ सिक्लेस र मनोरम दृश्य
पुष ५, २०८१ शुक्रबार
केही प्रसारण लाइन मर्मत गर्न विद्युत कटौती गर्नुपरेको हो, लोडसेडिङ गरेको होइनः घिसिङ
पुष ५, २०८१ शुक्रबार