किन गए एमाले उपाध्यक्ष पौडेल र माओवादी केन्द्रका नेता गुरुङ चीन ?
नेपालबहस संवाददाता
चैत ११, २०७८ शुक्रबार १८:३१:४७
११ चैत, काठमाडौं । वाम गठबन्धनको चर्चा–परिचर्चा चलिरहेका बेला नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको उत्तरी छिमेकी चीनतर्फको दौडधूप बढेको छ ।
एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले टोली चीन गएको पाँच दिनपछि माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङको टोली शुक्रबार चीनतर्फ प्रस्थान गरेको छ । चीनका विदेशमन्त्री नेपाल भ्रमणमा रहेका बेला यी दुई दलका नेता चीन पुगेका हुन्।
अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेता गुरुङ चीन गएको उनकी धर्मपत्नी तथा सांसद यशोदा सुवेदी गुरुङले जानकारी दिइन् । ‘एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उहाँ चीन जानु भएको हो, सोमबार फर्कने भन्नुभएको छ,’ उनले भनिन् । आफू पोखरामा रहेकाले अन्तर्राष्ट्रिय सम्मेलनबारे थप जानकारी नभएको सुवेदीले बताइन् ।
शुक्रबार बिहान ९ बजे माओवादी नेताहरू वर्षमान पुन, ओनसरी घर्तीमगर तथा देवप्रसाद गुरुङ पनि चीन प्रस्थान गरेका छन् । ‘जन्डिसको बिरामी उपचारको फलोअपका लागि उहाँहरू जानुभएको हो, सम्भवतः आइतबार÷सोमबार फर्कनु हुन्छ,’ पुनका स्वकिय सचिव सन्तोष पुनले न्युज कारखानासँग भने ।
एमाले उपाध्यक्ष पौडेल, स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल र प्रदेश सांसद मीना रखाल चीनमा छन् । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिकको अपरेसन एन्ड कल्चरल एक्सचेन्ज’ मा भाग लिन एमाले टोली चीन पुगेको हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग गठबन्धन गरेर स्थानीय तहको चुनावमा जान सक्ने संकेत गरेको तथा एमाले केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनमा तालमेल गर्न विकल्प खुल्ला राखेको सन्दर्भमा एमाले र माओवादी केन्द्रका नेताहरू एकैपटक चीन जाने घटनलाई राजनीतिक विश्लेषकहरूले बताएका छन् ।
चीन नेपालका कम्युनिष्टहरु एक भएर चुनावमा जाउन भन्ने पक्षमा छ । नेपाल स्थित चिनियाँ राजदूतले पनि पटक पटक यो कुरा कम्युनिष्टका शीर्ष नेताहरुलाई भन्दै आइरहेकी हुन् ।
विभिन्न सम्मेलनमा भाग दिने गएको देखाइए पनि उनीहरुको चीन भ्रमणमा राजनीतिक गन्ध लुकेको बताइन्छ । यसले नेपालमा दलहरुबीच हुने भनिएको चुनावी गठबन्धनको विषयलाई पनि पेचिलो बनाएको अर्थ केहि राजनीतिक नेताहरुको छ । वाम एकतामा चीनको प्रयास
निर्वाचनको संघारमा उनीहरुको चीन भ्रमणलाई राजनीतिक रुपमा हेरिएको छ । नेपालमा स्थानीय तहको निर्वाचन नजिकिएको र वाम एकताको विषय उठिरहेको समयमा यी दुई नेता चिन जानुलाई राजनीतिक विश्लेषकहरुले चीन सरकारको इन्टेस पनि भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार