सकियो पौडेलले बोलाएको सभापति भेला,गठबन्धन गरेरै जाने निष्कर्ष
नेपालबहस संवाददाता
चैत ११, २०७८ शुक्रबार १९:९:५२
११ चैत, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापति लगायतको भेला सकिएको छ । भेलाले चुनावमा तालमेलको आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।
नेता पौडेलले आफू पक्षीय केन्द्रीय तथा जिल्ला सभापतिलाई शुक्रबार बिहान आफ्नो निवास बोहोराटारमा छलफलका लागि डाकेका थिए । उनीहरुबीचको छलफलले अहिलेलाई कांग्रेस गठबन्धन गरेरै जनुपर्ने निष्कर्ष निकालेको हो ।
सत्ता गठबन्धनबिच स्थानीय तहमा तालमेलको आवश्यकता भए/नभएको छलफल गर्न नेता पौडेलले बैठका थिए । स्थानीय तहको निर्वाचनमा तालमेल गनुपर्छ भन्ने भएको र तालमेल गर्ने अधिकार तल्लो कार्यसमितिलाई नै दिनुपर्छ भनिएको भेलामा सहभागी एक नेताले नेपालबहसलाई बताए ।
बैठकमा सहभागीले तालमेलको आवश्यकता रहेको सुझाव पौडेललाई दिएका थिए । तालमेल गर्दा स्थानीय आवश्यकता अनुसार हुनुपर्ने र विधान अनुसार प्राप्त अधिकार तल्लो संरचनाले प्रयोग गर्न पाउनुपर्ने जिल्ला सभापतिहरुले धारणा राखेका थिए ।
बैठकमा कानुनमन्त्री दिलेन्द्र बडु, केन्द्रीय सदस्यद्वय डा. शशांक कोइराला र दीपक गिरी सहभागी थिए । डा. शेखर कोइराला, प्रकाशमान सिंह लगायतका नेताहरु भने भेलामा सहभागी थिएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार