यूनियन लाइफको जीवन उत्थान बीमा योजना सार्वजनिक
नेपालबहस संवाददाता
चैत ११, २०७८ शुक्रबार २०:३२:४६
११ चैत, काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रत्येक तिन बर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नविनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा गर्ने ब्यक्तिहरुले अधिक लाभ लिन सक्ने देखिएको छ ।
कम्पनीले सार्वजनिक गरेको जीवन बीमा उत्थान बीमा योजना न्युन आय भएका ब्यक्तिहरु देखि अधिक आय भएका ब्यक्तिहरुले खरिद गर्न सक्ने देखिएको छ । न्यूनतम रु. ५० हजारदेखि आय श्रोतको आधारमा चाहे अनुसार बीमाङ्क रकमको बीमा गर्न सक्ने ब्यवस्था रहेकोले उक्त बीमा योजनामा सबैको पहुँच हुने देखिएको छ ।
साथै न्युनतम ९ बर्ष देखि अधिकतम १८ बर्ष सम्मको अवधि कायम गरी १६ बर्ष देखि ५० बर्षका ब्यक्तिहरुले बीमा गर्न सक्ने कम्पनीले जनाएको छ । बीमा गर्ने ब्यक्ति बीमा अवधि सम्म जिवित रहेमा अग्रिम भुक्तानी गरी बाँकी हुन आएको बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधि भित्र कालगतीले मृत्यु भएमा समेत बीमाङ्क रकम र बोनस उपलब्ध हुने ब्यवस्था रहेको छ । कुनै
कारणले बीमितको दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क बराबरको थप रकम र बोनस रकम समेत उपलब्ध हुनेछ ।
उक्त योजनामा दुर्घटना लाभ वापतको अधिकतम रकम एक करोड सम्म हुने ब्यवस्था रहेको छ । प्रत्येक तिन बर्ष पुरा भएको बीमालेखको बार्षिकोत्सव मितिमा अग्रिम भुक्तानी वापतको रकम प्रदान गरिने र बीमा अवधि समाप्तीमा बीमितले प्राप्त गरेको अग्रिम भुक्तानी रकम पश्चात बाँकी हुन आउने बीमाङ्क रकम र बोनस समेत प्रदान गरिने ब्यवस्था रहेको छ ।
यस बीमा योजनामा दुर्घटना मृत्यु लाभ, बीमा शुल्क छुट, मासिक आय, घातक रोग सम्बन्धी थप सुविधाहरु लिन सक्ने ब्यवस्था रहेको छ । साथै बीमालेख लिएको मितिले तिन बर्ष पुरा भए पश्चात समर्पण मुल्य, चुक्ता मुल्य तथा कर्जा सुविधा प्राप्त गर्ने ब्यवस्था रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णका अनुसार प्रत्येक तिन बर्ष पछि अग्रिम भुक्तानी हुने र सबै बर्गका मानिसहरुको पहुँचमा पुर्याउने उद्देश्यले ल्याईएको बीमा उक्त योजना बीमा गर्नेहरुको हितमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार