प्रचण्डले भरतपुर पुगेर भने, ‘रेणुको नेतृत्वले महानगरमा विकासै विकास’
नेपालबहस संवाददाता
चैत ११, २०७८ शुक्रबार २०:३७:४४
११ चैत, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको विकासले देशलाई मात्र नभएर विदेशीलाई समेत छक्क पारेको बताएका छ । उनले विकासका दृष्टिले सिंगो देशलाई नै यो महानगरले सन्देश दिएको दावी गरेका छन् ।
शुक्रबार भरतपुर महानगरपालिकाको प्रकाशकीय भवनको शिलान्याश गर्दै प्रचण्डले देशको मध्य भागमा रहेको यो महानगरले सिंगो देशलाई सन्देश दिई रहेको र यसलाई विदेशीहरुले पनि महत्वका साथ नियालिरहेकोको बताए ।
अहिले भरतपुर महानगरमा उनकै छोरी रेणु दाहाल मेयर छिन् । भरतपुर महानगरपालिकाको देशभरी नै एउटा पहिचान बनेको र देशबाहिर पनि भतरपुरको विकास मोडेल निकै चर्चित भएको उनको भनाई छ । हाम्रा छिमेकीदेखि धेरै टाढा–टाढासम्मका हाम्रा मित्रहरुले पनि भरतपुरलाई एउटा विशिष्ट महानगरका रुपमा हेरेको प्रचण्डले बताए ।
यसो हुनुमा महानगरकी मेयरको दृढ इच्छाशक्ति र सकरात्मक सोच कारक रहेको प्रचण्डको दावी छ । ‘मैले भरतपुर महानगरपालिकाको मेयर दिमागमा जति बेला पनि महानगरपालिका र त्यो परिवारप्रति जहिले पनि सकरात्मक सोच मात्रै भेटेँ,’ उनले भने, ‘यहाँका वडाध्यक्षहरु धेरै नेपाली कांग्रेसका छन् ।
उहाँहरु असाध्यै राम्रा छन् भन्ने जहिले पनि । एमालेकासँग पनि त्यस्तै । सहज अन्तरक्रिया गर्न सक्ने । दृढ इच्छाशक्ति र सकरात्मक सोचका कारणले पनि अहिले भरतपुर महानगरको विकास प्रक्रियाले तिब्रता पाएको छ। ’
जनप्रतिनिधिको हैसियतले आफूले पनि भूमिका खेलेको प्रचण्डको भनाइ छ । उनले भने, ‘चितवनकै जनप्रतिनिधिको हैसियतले यहाँ विकासमा काम अगाडि बढाउनका निम्ति मेरो ठाउँबाट राष्ट्रिय जिम्मेवारी महशुस गर्दै सिङ्गै राष्ट्रलाई पनि निजी, सहकारी र सार्वजनिकको साझेदारीको मान्यता जो स्थापित गर्न खोजेका छौं। त्यसको एउटा चितवन बन्नुपर्छ, भरतपुर बन्नुपर्छ भनेर नै आयोजनाहरु अगाडि बढेका हुन् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
सर्वाेच्च अदालतको आदेशपछि रिहा भए दुर्गा प्रसाईं
पुष ५, २०८१ शुक्रबार
कीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
यु–१९ एकदिवसीय क्रिकेटः हङकङविरुद्धको शृङ्खलामा नेपालको ‘क्लिनस्विप’
पुष ५, २०८१ शुक्रबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार