राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन अन्तर निकायमा सहकार्य हुनुपर्छ: प्रधानमन्त्री देउवा
नेपालबहस संवाददाता
चैत ११, २०७८ शुक्रबार २१:८:३०
११ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय शक्ति राष्ट्रबीच विभिन्न क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने उद्देश्यले देखा परेको तनाव र होडबाजीले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षाको वातावरण गम्भीररुपमा प्रभावित भएको बताएका छन् ।
शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड स्टाफ कलेजमा आयोजित सातौँ समूहको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम समापनका अवसरमा उनले आजको अन्तर्राष्ट्रिय परिवेशमा आर्थिक, राजनीतिक र रणनीतिक क्षेत्रमा आफ्नो पकड स्थापित गर्न शक्ति राष्ट्रबीच कडा प्रतिस्पर्धा चलिरहेको उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले भने, “देशको संवेदनशील भू–राजनीतिक अवस्थितिको कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले पनि हाम्रो राजनीतिक, आर्थिक, सामाजिक तथा समग्र सुरक्षा क्षेत्रमा असर पर्ने हुन्छ, त्यसतर्फ सचेत रहँदै मुलुकको हित र स्वार्थमा कुनै किसिमको आँच नदिनेतर्फ हामी सबै सजग र प्रतिबद्ध हुन आवश्वक छ ।”
“राष्ट्रिय सुरक्षालाई सर्वोपरि महत्व दिई सरकारले यस क्षेत्रको सुदृढीकरणको लागि राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिलगायतका नीति र कार्ययोजना कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै उनले भने, “राष्ट्रिय सुरक्षा एक संवेदनशील र चुनौतीपूर्ण विषय हो, राष्ट्रिय सुरक्षालाई बलियो तुल्याउन अन्तर निकायबीच समन्वय र सहकार्य बलियो हुन बनाउन आवश्यक छ ।”
सार्वजनिक निकायमा काम गर्ने राष्ट्रसेवकलाई समयसापेक्ष तालिम र अभिमुखीकरणमार्फत मुलुकको आन्तरिक र बाह्य सुरक्षा चुनौतीका विषय र समाधानका सम्भावित उपायबारे सूचित गर्न आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले मुलुकको एकीकृत प्रयासबाट सुरक्षा चुनौतीलाई सामना गर्न सबै निकाय सदैव सजग र सचेत रहनु पर्ने बताए ।
प्रधानसेनापति प्रभुराम शर्माले बहुआयामिक सुरक्षा चुनौतीको उचित व्यवस्थापनको लागि राजनीतिक, कूटनीतिक रणनीतिक तथा शैक्षिक वृत्तलगायत आमनागरिकमा समेत सामरिक धारणा र सोचको वृद्धि भई समग्रमा सामरिक संस्कृतिको विकास हुन जरुरी रहेको बताए ।
उनले भने, “जलवायु परिवर्तन र कोभिड–१९ महामारीले विश्वसामु मानव सुरक्षालगायत समग्र सुरक्षा जटिलतालाई समेत स्पष्टसँग उजागर गरेको छ, संवेदनशील र गहन विषयका रुपमा रहेको राष्ट्रिय सुरक्षा सबैको साझा जिम्मेवारी हो ।”
प्रधानसेनापति शर्माले सुरक्षाका दायरा फराकिलो हुँदै गएको परिप्रेक्षमा राष्ट्रिय सुरक्षामा नागरिक र सबै सुरक्षा संयन्त्रबीच एकै किसिमको सोच हुन जरुरी रहेको बताए । कलेजका शिक्षाध्यक्ष एवं उपरथी हीरालाल जोशीले राष्ट्रिय सुरक्षा र प्रतिरक्षाबारे जानकारी दिई सरोकारवालाबीच एउटै बुझाई स्थापित गर्ने उद्देश्यले सञ्चालन गरिएको १४ दिनको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम हालसम्म सुरक्षा फौज र गैरसैनिक नागरिक गरी हालसम्म १३८ जनाले लिइसकेको जानकारी दिइयो ।
उक्त कलेजबाट हालसम्म मध्यम तहका अधिकृतका लागि सञ्चालित ११ महिने कमाण्ड एण्ड स्टाफ कलेज तालिम नेपाली सेनाका एक हजार ४०, नेपाल प्रहरीका १३, सशस्त्र प्रहरी बलका २५, राष्ट्रिय अनुसन्धान विभागका १६ तथा विदेशी ९९ शिक्षार्थीले पूरा गरेका छन् ।
आपसी समझदारी, समन्वय र सहकार्यबाट सुरक्षाका जटिल पक्षमा समान धारणा बनाउन मद्दत पुग्ने हेतुले सञ्चालन गरिएको यस पटकको उक्त तालिममा राष्ट्रिय सञ्चारमाध्यमका पाँच पत्रकारसहित २८ जना सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
साइबर अपराधको कसुरमा शोभा पाठक पक्राउ
पुष १, २०८१ सोमबार
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
कीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
यु–१९ एकदिवसीय क्रिकेटः हङकङविरुद्धको शृङ्खलामा नेपालको ‘क्लिनस्विप’
पुष ५, २०८१ शुक्रबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार