गिरिजाप्रसाद गएपछि मलाई माओवादी को मात्र हैन, राष्ट्रकै अध्यक्ष हुँ कि भन्ने अनुभूति हुँदैछः प्रचण्ड
नेपालबहस संवाददाता
चैत ११, २०७८ शुक्रबार २१:३३:२३
११ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिजाप्साद कोइरालाको अनुपस्थितिपछि आफुलाई नेकपा माओबादी केन्द्रको मात्रै नभएर राष्ट्रकै अध्यक्ष भएको अनुभस्ति हुन थालेको बताए छ । उनले पार्टीको भन्दा राष्ट्रको बोझ आफुमाथि बढीरहेको भन्दै त्यसका लागि लडिरहने बताए ।
भरतपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले देशमा कुनै अफ्ठ्यारो प¥यो भने जसरी–तसरी बचाउने भारी बोकेर बसिरहेको अनुभूति सुनाए । राष्ट्र अप्ठ्यारोमा पर्दा आफु सधै चिन्तित रहने गरेको र राष्ट्रलाई समस्याबाट मुक्ति दिन हरहमेसा प्रयास गरिरहेको प्रचण्डको भनाई छ ।
उनले भने, ‘म माओवादी केन्द्रको अध्यक्ष छु । दुई पटक देशको प्रधानमन्त्री भएँ । तर मलाई माओवादी केन्द्रको अध्यक्षजस्तो मात्रै लाग्दैन अचेल । सिंगै राष्ट्रको जिम्मेवारी मेरो टाउकोमा छ जस्तो लाग्छ । देशमा संकट आयो, देशमा जस्तो हुन्छ, त्यो संकटबाट टार्नुपर्ने हुन्छ मैले ।’
उनले नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको अनुपस्थितिमा आफुले एक्लै भारी बोक्नु परिरहेको गुनासो सुनाए । चितवनमा नेपाली कांग्रेसले एक्लै–एक्लै चुनावमा जाने बताइरहँदा गृह जिल्ला पुगेका प्रचण्डले आफ्नै–आफ्नै ढंगले गएको भए देशमा शान्ति प्रक्रिया हुन्थ्यो कि हुन्थेन सोच्न कार्याकर्तालाई आग्रह गरे । उनले आफ्नै–आफ्नै ढंगले गएको भए शान्ति प्रक्रिया, संविधानसभा, संविधान केही पनि नबन्ने दावी गरे ।
प्रचण्डले भने, ‘आजभोलि केही साथीहरू भन्न थाल्नुभएको छ मिलेर जाने होइन आफ्नै आफ्नै ढंगले जानुपर्छ । ठिकै छ आफ्नै आफ्नै ढंगले जाने हो भने पनि मलाई कुनै आपत्ति छैन । त्यसरी जानपनि सकिन्छ । गिरिजाप्रसाद कोइरालाले जीवनको उत्तरार्दमा सहमति, सहकार्य र एकता मात्रै किन भनेको होला, नबुझेर त होइन होला नि भन्ने गर्थे म तर हाइ०न रहेछ ।’
उनले प्रष्टै नभने पनि भरतपुरमा यसपटक पनि स्थानीय निर्वाचनमा गठबन्धन हुनुपर्ने आशय प्रकट गरेका थिए । अध्यक्ष प्रचण्डले भाषणको अधिकांश समय मेयर रेनु दाहालको कामको प्रशंसामा खर्चिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
अष्ट्रेलिया भ्रमणपछि विराट-रोहितको युगको अन्त्य !
पुष ५, २०८१ शुक्रबार
एमसीएमा हुने बक्सिङ डे टेस्टमा अष्ट्रेलियाको टोलीमा ठूलो परिवर्तन
पुष ५, २०८१ शुक्रबार
पर्यटकीय गाउँ सिक्लेस र मनोरम दृश्य
पुष ५, २०८१ शुक्रबार
केही प्रसारण लाइन मर्मत गर्न विद्युत कटौती गर्नुपरेको हो, लोडसेडिङ गरेको होइनः घिसिङ
पुष ५, २०८१ शुक्रबार
नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
पुष ५, २०८१ शुक्रबार