कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु, जिल्ला रिपोर्ट सुनाउन पाँच मिनेट समय
नेपालबहस संवाददाता
चैत ११, २०७८ शुक्रबार २१:४५:५४
११ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । बैठक निर्धारित समय भन्दा केही ढिलो सुरु भएको हो । आसन्न स्थानीय तहको निर्वाचनको तयारीका विषयमा निर्णय लिन बैठक बसेको हो ।
आजको बैठकमा उम्मेदवारलाई टिकट वितरण गर्ने संसदीय समिति गठन, निर्वाचन प्रचार प्रसारको समीक्षा, चुनावी तालमेललगायतमा बैठकमा छलफल हुनेछ । उम्मेदवारको मनोनयन हुनु एक महिनाअघि उम्मेदवार छनोट गरिसक्नु पर्ने विधानको व्यवस्था छ । उम्मेदवार तय गरिसक्नु समयमा संसदीय समिति गठन गर्न बैठक बोलाइएको हो ।
चार तहले संसदीय समिति गठन गर्नुपर्ने विधानको व्यवस्था छ । केन्द्रीय, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय संसदीय समिति गठन गर्ने व्यवस्था छ ।
केन्द्रीय संसदीय समितिमा सभापति, महामन्त्री स्वतः सदस्य हुन्छन् भने पदाधिकारीहरू पदेन सदस्य हुन्छन् । सभापतिले समावेशिताको आधारमा केन्द्रीय सदस्यबाट ११ जना संसदीय समितिमा मनोनीत गर्ने व्यवस्था छ । महानगर प्रमुख र उपप्रमुखको उम्मेदवार तय गर्ने अधिकार केन्द्रीय संसदीय समितिलाई छ ।
नेताहरुका अनुसार बैठकमा सातै प्रदेशका प्रदेश सभापतिहरुले पार्टीको अवस्थाबारे रिपोर्टिङ सुनाउने छन् त्यसपछि ‘घर घर जाउ काँग्रेस जिताउ’ अभियानमा ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरुलाई बोल्न समय छुट्टयाइएको छ ।
ती प्रतिनिधिलाई ५ मिनेटका दरले बोल्ने समय छुट्टयाइएको छ । स्थानीय तह निर्वाचनका लागि उम्मेदरवार छान्न संसदीय बोर्ड गठन गर्नुपर्ने काँग्रेसको विधान भएकाले बैठकमा त्यसबारे समेत छलफल गर्ने काँग्रेसको तयारी छ ।
साथै महामन्त्री गगन थापा नेतृत्वको घोषणापत्र मस्यौदा समितिलाई पुर्णता दिन सदस्यहरुको नाम छनोट गर्ने काँग्रेसले जनाएको छ । बैठक एक दिनका लागि मात्रै भनेर बोलाइए पनि छलफलका एजेण्डा बढि भएकाले लम्बिन सक्ने काँग्रेस नेताहरुको भनाइ छ ।
यसैबीच काँग्रेस पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक सुरु हुनुअघि नेविसंघ र तरुण दलको अध्यक्ष चयनप्रति असन्तुष्टि जनाउदै असन्तुष्ट पक्षले नारावाजी गरेका थिए । उनीहरुले सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
पर्यटकीय गाउँ सिक्लेस र मनोरम दृश्य
पुष ५, २०८१ शुक्रबार
केही प्रसारण लाइन मर्मत गर्न विद्युत कटौती गर्नुपरेको हो, लोडसेडिङ गरेको होइनः घिसिङ
पुष ५, २०८१ शुक्रबार
नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
पुष ५, २०८१ शुक्रबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
युक्रेन सम्झौताका लागि ट्रम्पलाई भेट्न पुटिन तयार
पुष ५, २०८१ शुक्रबार
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु, ३५ घाइते
पुष ५, २०८१ शुक्रबार