मन्त्रीको उपस्थितिविना नै मधेस प्रदेशसभाको बैठक सञ्चालन
नेपालबहस संवाददाता
चैत ११, २०७८ शुक्रबार २२:६:२०
११ चैत, जनकपुरधाम । चारचार पटक स्थगित भएर शुक्रबारबाट सुरु भएको मधेस प्रदेशसभाको बैठक मन्त्रीको उपस्थितिविना नै बैठक सञ्चालन गरेपछि सांसदहरूले आपत्ति जनाएका छन् ।
मधेस प्रदेशका कुनै पनि मन्त्री उपस्थित नभएका अवस्थामा बैठक चलाएको भन्दै नेकपा एकीकृत समाजवादीकी सांसद मञ्जु यादवले संसदमा प्रश्न उठाएकी छिन् ।
‘संसद बैठक चल्दै गर्दा विभागीय मन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ । तर, यहाँ मन्त्री कोही देखिँदैन,’ सांसद् यादवले भनिन्, ‘विश्वभरिका संसद् बैठकहरु मन्त्रीको अनुपस्थितिमा चल्न सक्दैन । तर यहाँ चलिरहेको छ, यो तुरुन्तै सम्बोधन हुनुपर्छ ।’
मन्त्रीहरू संसद बैठकमा नआउने र सांसदहरूको गुनासो नसुन्ने हो भने मधेस प्रदेशसभा विघटन गर्न पनि उनले माग गरेकी छिन् । ‘मन्त्रीहरू सबै जागीरमा गएपछि संसद्को औचित्य के त ? त्यसैले बरु यसलाई विघटन गरिदिए पनि हुन्छ,’ सांसद यादवले भनिन् । बैठक जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ स्पेन्टागन
पुष ५, २०८१ शुक्रबार
इन्स्टाग्राममा नयाँ एआई उपकरणहरू आउँदै, अब भिडियोहरू तुरुन्तै परिवर्तन हुने
पुष ५, २०८१ शुक्रबार
सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक
पुष ५, २०८१ शुक्रबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
पुष ५, २०८१ शुक्रबार