खुला चौरमै बसेर पढ्न बाध्य जुम्लाका विद्यार्थी
नेपालबहस संवाददाता
चैत ११, २०७८ शुक्रबार २३:३८:५०
♦ विजय रावत
११ चैत, खलङ्गा । जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ गौरीगाउँस्थित नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन् । विद्यालयमा कक्षा कोठा नहुँदा विद्यार्थीहरू खुला चौरमै बसेर पढ्न बाध्य भएका हुन् ।
उनीहरू वर्षायामको चर्को घाममा चौरमै पढ्छन् । हिउँदे याममा कठयांग्रिदो जाडोमा समेत चौरमै बसेर पढिरहेका छन् । विद्यालयमा दुई कोठे तीनवटा भवन छन् । भएका भवनसमेत निकै जीर्ण र बस्न लायक छैनन् । विद्यार्थीहरूलाई बस्नका लागि कक्षा कोठा नभएर शैक्षिक सामग्रीको प्रयोग गरेर शिक्षण गर्न कठिनाइ भएको विद्यालयका प्राधानाध्यापक हरिबहादुर बुढाले बताए ।
विद्यालयमा काम लाग्ने भवन एकमात्र रहेको छ । सो भवनका दुइ कोठा छन् । एउटा कोठामा विद्यालयको कार्यालय छ । अर्कोमा बालविकास केन्द्रका विद्यार्थी पढिरहेका छन् । विद्यार्थीलाई बस्नको लागि कक्षाकोठा नभएर शैक्षिक सामग्रीको प्रयोग गरेर शिक्षण गर्न कठिनाइ भएको उनले बताए । उनका अनुसार विद्यार्थीको गुणस्तर र सिकाई उपलब्धिमा प्रत्यक्ष असर परेको छ । विद्यालयमा तीन देखि १२ वर्ष सम्मका विद्यार्थी आउने गरेका छन् । कक्षा ५ मा अध्ययनरत निराजन बुढाले भने, “बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खुला चौरमा बस्छौँ ।”
विद्यालयको संरक्षणमा स्थानीय सरकारको ध्यान गएको छ । यहाँका अभिभावकको कुने चासो छैन । सबै टुलटुलु हेरेर बसेको विद्यालयका प्रअ बुढाले बताए । चैत महिनाको गर्मीले खुला चौरमा पढ्न निकै सास्ती भएको कक्षा ५ मा अध्ययनरत विद्यार्थी नीराजन बुढाले जानकारी दिए । उनका अनुसार विद्यार्थीका लागि विद्यालयमा एउटा मात्र कोठा छ । जहाँ साना बालविकास केन्द्रका बालबालिका बस्छन् । ठूला कक्षाका विद्यार्थीलाई चौरमा पढ्न बाध्य भएका छौँ । बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला चौरमै पढाइ हुने गरेको ५ कक्षामा अध्ययनरत अर्का विद्यार्थी रमिला बुढाले बताए ।
विद्यार्थीलाई पर्याप्त कक्षकोठाको व्यवस्थापन गर्न स्थानीय सरकार, कर्णाली प्रदेश सरकारदेखि सामाजिक सङ्घसंस्थाको कसैको ध्यान नगएको विद्यार्थीहरुको भनाइ छ । विद्यालयको भौतिक संरचना निकै जीर्ण अवस्थामा रहेको छ । विद्यालयको पठनपाठन र भौतिक संरचनाको अवस्था हेर्दा निकै दयनीय देखिएको छ ।
यो अवस्थाले गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिँदैन । तत्काल विद्यार्थी बस्नको लागि एउटा कक्षकोठा मर्मत गर्न सकिने बजेट प्रदान गरिएको कनकासुन्दरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख नारायण न्यौपानेले बताए । विद्यालयको समस्या समाधानका लागि शिक्षा शाखा र गाउँपालिका लागि परेको शिक्षा शाखाले जनाएको छ ।
त्यहाँका ४० घरपरिवारका विद्यार्थीले यहाँ अध्ययन गर्छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बुढाले विद्यालयको अवस्था हेरेर कतिपय अभिभावकले विद्यार्थीलाई निजी विद्यालयमा पढ्न पठाउने गरेको बताए । उनले अधिकांश अभिभावकको चासो निजी विद्यालय तिर गएकोले सरकारी विद्यालय उपेक्षामा परेको छ भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
भारतीय चर्चित क्रिकेटर शिखर धवन आइपुगे नेपाल
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार