निर्माणाधीन पोखरा एयरपोर्टको चाबी आज हस्तान्तरण हुने
नेपालबहस संवाददाता
चैत १२, २०७८ शनिबार १७:४३:३७
१२ चैत, पोखरा । निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलको चाबी आज हस्तान्तरण हुने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवालाई चाबी हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ । विमानस्थलको काम ९३ प्रतिशत मात्रै पूरा भएको छ ।
अहिले उच्च पदस्थ विदेशमन्त्री आएको मौकामा निर्माण कम्पनीले काम नसकिँदै चाबी हस्तान्तरण गर्न लागेको हो । त्यसका लागि पोखरा विमानस्थलमा पनि कार्यक्रम आयोजना गरिएको छ ।
विदेशमन्त्री यीले काठमाडौंमै चाबी हस्तान्तरण गरेपछि भर्चुअल रुपमा पोखराबाट समेत कार्यक्रम गर्न लागिएको आयोजना प्रमुख विनेश मुनन्कर्मीले जानकारी दिए ।
‘सिम्बोलिक रुपमा चाबी हस्तान्तरण गर्न लागिएको हो । यसपछि काम सकिएको होईन, काम निरन्तर चल्छ,’ उनले भने, ‘सिभिल तर्फका काम करिब पूरा भैसकेको छ । चाबी हस्तान्तरणपछि काम रोकिने भन्ने होईन ।’ चीनको एक्जिम बैंकको ऋण सहयोगमा चिनियाँ कम्पनी सिएएमसीले २०७३ सालदेखि विमानस्थल निर्माण सुरु गरेको हो ।
यही १० जुलाईभित्र काम सकेर सरकारलाई हस्तान्तरण गर्ने तयारी थियो । अघिल्लो वर्ष नै सक्नुपर्ने काम कोरोनाका कारण १ वर्षपछि धकेलिएको हो । विमानस्थल हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्न नागरिक उड्ययन मन्त्री प्रेम आले पोखरा एयरपोर्ट आउने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल ल्यूब आयलले २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार
पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय
माघ १५, २०८१ मंगलबार
अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ १५, २०८१ मंगलबार