दीपेन्द्र एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो नेपाली
नेपालबहस संवाददाता
चैत १२, २०७८ शनिबार १८:५१:५७
१२ चैत, काठमाडौं । नेपाली क्रिकेट टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरी एकदिवसीय क्रिकेटमा शतक बनाउने तेस्रो नेपाली ब्याटर बनेका छन् ।
यसअघि नेपालबाट पूर्व कप्तान पारस खड्काले सन् २०१९ मा पारस खड्काले संयुक्त अरब इमिरेट्स ‘युएई’ विरुद्ध एक सय १५ र रोहितकुमार पौडेलले शुक्रबार भएको पिएनजीविरुद्धको खेलमा एक सय २६ रन बनाएका थिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पपुवा न्यु गिनी ‘पिएनजी’ विरुद्धको दोस्रो एकदिवसीय खेलमा दीपेन्द्रले एक सय ३६ बलमा ६ चौकासहित १०० रन पूरा गरे । एकदिवसीय क्रिकेटमा यो दीपेन्द्रको पहिलो शतक हो ।
यसअघि दीपेन्द्र र देव खनालले नेपालबाट कीर्तिमानी एक सय २९ रनको साझेदारी गरेका थिए । देव ७२ रनमा पभेलियन फर्किए ।
अहिले क्रिजमा दीपेन्द्रलाई २४ रन बनाएका भिम सार्कीले साथ दिइरहेका छन् । टस जितेर ब्याटिङमा आएको नेपालले हाल ४६।३ चार विकेट गुमाएर दुई सय ४२ रन बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार