देउवासँग सत्ता गठबन्धनमा प्रदेश सरकारबारे भएको सहमति सोध्न लुम्बिनी कांग्रेस काठमाडौं आउँदै
नेपालबहस संवाददाता
चैत १२, २०७८ शनिबार १९:२०:१४
१२ चैत, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संघीय सरकार गठन हुँदा गठबन्धन दलहरुसँग भएको सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व परिवर्तन नभएको भन्दै यसबारे छलफल गर्न लुम्बिनी कांग्रेसले काठमाडौं आउँदैछ ।
आलोपालो गर्ने भद्र सहमति कार्यान्वयन गर्ने हो वा होइन र यो विषयमा कस्तो सहमति भएको थियो भनेर प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवासँग सोध्नकै लागि लुम्बिनी कांग्रेसको एक टोली काठमाडौं आउन लागेको हो ।
प्रदेश सभा संसदीय दलको वैठकले सर्वसम्मत निर्णय गरी कांग्रेसले नेतृत्व पाउनुपर्ने भद्र सहमति कार्यान्वयनका लागि पार्टी सभापति शेरबहादुर देउवासमक्ष डेलिगेसन जाने निर्णय भएको एक नेताले बताए ।
गत साउन २७ मा शंकर पोखरल नेतृत्वको सरकार विस्थापित गरेर माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउँदा नेपाली कांग्रेससँग ८÷८ महिना आलोपालो सरकारको नेतृत्व गर्ने भद्र सहमति भएको थियो ।
सहमति अनुसार सरकारको नेतृत्व परिवर्तन नभएपछि कांग्रेस संसदीय दलको वैठकले नेतृत्व लिन केन्द्रीय नेतृत्वसँग अनुरोध गर्ने निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले बताए । पूर्वसहमति कार्यान्वयनका लागि पहलकदमी लिन पार्टी सभापति शेरबहादुर देउवासंग अनुरोध गर्ने निर्णय भएकाले देउवालाई भेट्न वीरेन्द्र कनौडिया आइतबार काठमाडौं आँउदैछन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले गठबन्धन सरकार बन्दा माओवादी केन्द्रले फागुन २ गते जनयुद्ध दिवस मनाएर सत्ता हस्तान्तरण गर्ने सहमति जनाए पनि कार्यान्वयन नभएको भन्दै यो विषयमा पार्टि सभापतिसँग सोध्ने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार