देशकाे अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन विकास आधुनिकीकरणमा जानुपर्छः ओली
नेपालबहस संवाददाता
चैत १२, २०७८ शनिबार १९:५२:१७
१२ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र दयनीय अवस्थामा पुगेको टिप्पणी गर्दै परम्परागत उत्पादनको प्रक्रियालाई आधुनिकीकरण तर्फ नलगेसम्म देशलाई अर्थतन्त्रमा आत्मनिर्भर बनाउन नसकिने बताएका छन् ।
उनले आफुले देशको विकास र अर्थतन्त्रलाई नयाँ ढंगबाट अगाडि बढाउन चाहेपनि पुरातन सोचमा भएकाहरुको असहयोग र राजनीतिक खिचातानीका कारण लयमा आइसकेको विकास पनि अवरुद्ध भएको बताए ।
ओलीले देशको पुँजी परिचालन गरी आत्मनिर्भर अर्थतन्त्र बनाउनु पर्नेमा अहिलेको सरकार उल्टो गतिमा गएको भन्दै देशलाई उद्योग व्यवसायतर्फ लागे मात्रै आत्मनिर्भर अर्थतन्त्र हुने दावी गरे ।
एमालेनिकट उद्योग व्यवसायीको विशेष जिल्ला कमिटी काठमाडौ अधिवेशनलाई सम्बोधन गर्दै उनले उद्योग व्यवसायलाई पनि आधुनिकीकरणतर्फ लानुपर्ने धारणा राखे ।
ओेलीले भने, ‘देशलाई आधुनिकीकरणतर्फ लाने कुरा उत्पादनमा नविनता नयाँ नयाँ उत्पादनमा प्रविधिको प्रयोग, नयाँ प्रकारका सुविधा, नयाँ प्रकारका उपभोग नै आधुनिकता हो । उत्पादनका क्षेत्रलाई आधुनिक बनाउनु पर्यो र परम्परागत उत्पादन प्रक्रियामा पनि आधुनिकता जोड्नु प¥यो । विकास पनि एक प्रकारको आधुनिकीकरणनै हो ।’
उनले भौतिक र सामाजिक पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिँदै कृषिमा आधुनिकीकरण नगरी उत्पादकत्व नबढ्ने र जसले गर्दा आयात प्रतिस्थापन नहुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार