ओलीको नेतृत्वमा भएको गुट एमाले हैन, दक्षिणपन्थी अवसरवादको गुट होः झलनाथ खनाल
नेपालबहस संवाददाता
बैशाख १८, २०७९ आइतबार १४:२८:५९
१२ चैत, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वमा रहेको गुट एमाले नभएर दक्षिणपन्थी अवसरवादको गुट भएको बताएका छन् । उनले माओवादीसँगको एकीकरणपछि नेकपा एमाले नरहेको दाबी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकमा बोल्दै खनालले एमालेको इतिहास सकिएको बताए । एमाले उहिले थियो, त्यो ओलीले सिध्याए अब यो दशमा एमाले भन्ने पार्टी नै नभएको खनालले बताए ।
उनले एमाले भनेको इतिहास भएको भन्दै अहिले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी दक्षिणपन्थी अवसरवादको गुट भएको आरोप लगाए । खनालले नयाँ गुटले अहिले पनि देशभर नेकपा एमाले हौँ भनेर भ्रम छर्ने काम गरेको तर त्यो भ्रममा अब जनता नपर्ने बताए ।
एमालेमा रहेका नेता तथा कार्यकर्तालाई जनताको साथ दिइरहेको पार्टी नेकपा एकीकृत समाजवादीमा आउन पनि उनले आग्रह गरे । आगामी चुनावमा एमालेले दुई तिहाई नभएर दुई तीन सिट मात्र ल्याउने उनको दाबी छ ।
खनालले भने,‘ हामीले लामो समय लगाएर बनाएको नेकपा जुन थियो त्यो नवौँ महाधिवेशनसम्म लगातार जारी रह्यो । त्यसले महत्वपूर्ण ऐतिहासिक भूमिका पनि खेल्यो । तर, निर्वाचनको पूर्वघडि तिरको सेरोफेरोमा हामीले त्यो पार्टी र नेकपा माओवादी केन्द्रसँग एकीकरण ग¥यौं । एकीकरण गरेपछि त्यतिबेला त नेकपा एमाले त सिध्यो । त्यो त इतिहासको वस्तु भयो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ
पुष ७, २०८१ आइतबार
नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार