माओवादीले हार्दा गणतन्त्र खतरामा पर्छ, जसरी हुन्छ चुनाव जित्नेतिर लागौँः अध्यक्ष प्रचण्ड
नेपालबहस संवाददाता
चैत १२, २०७८ आइतबार २:२४:२९
१२ चैत, गोरखा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले चुनाव हारे गणतन्त्र खतरामा पर्ने भएकाले जसरी पनि पार्टीलाई जिताउनतिर लाग्न कार्यकताहरुलाई निर्देशन दिएका छन् । उनले गणतन्त्रको रक्षाका लागि पनि माओवादीले चुनाव जित्नै पर्ने बताए ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित कार्यक्रममा उनले जनयुद्धका सहिद, घाइते, अपांगहरूसहित सम्पूर्ण नेपालीको सपना पूरा गर्न माओवादीले जसरी पनि स्थानीय तह निर्वाचन जित्नुपर्ने बताएका हुन् ।
प्रचण्डले भने,‘अरूले हार्दा–जित्दा खासै फरक पर्दैन तर माओवादी केन्द्रले हार्दा गणतन्त्र हार्ने खतरा छ । अन्य पार्टीलाई स्थानीय निर्वाचन एउटा निर्वाचन मात्र भएको छ । चुनाव लडाइँ हो, हामीले जित्नैपर्नेछ ।’
उनले सहिद र बेपत्ता परिवारका सदस्य कहाँ गएर आफ्ना कमीकमजोरी नदोहोर्याउने प्रतिबद्धता गर्न नेता कार्यकर्ताहरूलाई सुझाबसमेत दिएका छन्।
अबको एक महिना जनताको घरघरमा कस्सिएर जाने हो भने देशभर माओवादी केन्द्रले निर्वाचन जित्ने उनको दाबी छ।
माओवादी केन्द्रले जितेको स्थानीय तह देशभरमाा उत्कृष्ट भएको दाबी गर्दै उनले आगामी चुनावमा जनताले माओवादीलाई नै जिताउने दोहोर्याए ।
प्रचण्डले पाँचदलीय गठबन्धन फुटाउने र संविधान उल्ट्याउने खेल अझै नरोकिएको बताएका छन्।
जाली फटाहाहरूले जसरी पनि माओवादीलाई घेरा हाल्ने र सिध्याउने भनिरहेको बताउँदै उनले एमसिसी पास गर्दा सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने गरी गठबन्धन जोगिने गरी समस्याको हल गरिएको प्रस्ट पारे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
पाँचपोखरीमा बृहत् स्वास्थ शिविर सम्पन्न
पुष ४, २०८१ बिहिबार
राप्ती नदीमा निर्माणाधीन पुल
पुष ४, २०८१ बिहिबार
अस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार
पुष ४, २०८१ बिहिबार