नेविसंघ र तरुण दलको भोलिको भेलाबारे कोइरालानिवासमा रणनीतिक छलफल
नेपालबहस संवाददाता
चैत १३, २०७८ आइतबार १७:३५:१८
१३ चैत, काठमाडौं । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको अध्यक्ष नियुक्तिको विषयमा असन्तुष्टि जनाउँदै छुट्टै राष्ट्रिय भेला बोलाएको नेपाली कांग्रेसको संस्थापनइतर समूहले भेलालाई सफल बनाउनेदेखि यसपछिका रणनीतिका विषयमा छलफल गरेको छ ।
आइतबार इतर समूहका नेता,डा.शेखर कोइरालानिवासमा भएको छलफलमा भोली सोमबार काठमाडौंमा आयोजना गर्न लागिएको नेविसंघ र दरुण दलको राष्ट्रिय भेलालाई पार्टीमा सहअस्तित्व र एकतालाई मजबुत बनाउँदै आगामी निर्वाचनमा कांग्रेसलाई कसरी विजय हासिल गराउने भन्ने विषयमा केन्द्रित बनाउने निष्कर्स निकालिएको छ ।
आज विहान भएको छलफलबारे जानकारी दिँदै नेपाली कांग्रेसका युवा नेता मनोजमणी आचार्यले भोलीको भेला ऐतिहासिक हुने बताए । उनले देशभरीका युवा नेता र विद्यार्थी नेताहरुको उपस्थिति गराएर सभापति शेरबहाददुर देउवाले यस अघि गरेको निर्णयसहित आगामी पार्टीका कामकारवाहीहरुमा सहअस्तित्व र सहमतिलाई कायम राखेर अगाडी बढ्न दवाव दिने बताए ।
केन्द्रीय स्तरका नेताहरुले केन्द्रीय स्तरमा र सो भन्दा तलका नेता तथा कार्यकर्ता स्थानीय तहबाट दवाव सिर्जना गर्ने गरी रणनीति बनाइएको छ । आइतबार हुने भेला कांग्रेसमा एकता, सहअस्तित्व र आगामी निर्वाचनमा धेरै भन्दा धेरै सिट कसरी जित्ने भन्नेमै केन्द्रित हुने नेताहरुले बताएका छन् ।
कोइराला समुहले केन्द्रदेखि वडा तह सम्मै संस्थापन पक्षलाई दवावमा राखेर कार्यक्रम अगाडी बढाउन जनाएको छ । जारी पार्टीको केन्द्रीय समितिको बैठकमा पनि नेताहरुले कांग्रेसलाई विधान र विधिबाट सञ्चालन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार