चैतमा राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
चैत १३, २०७८ आइतबार १७:४५:४
![](https://nepalbahas.prixacdn.net/media/albums/sports-2-_7LjeWDRQxx.jpeg)
१३ चैत, काठमाडौं । नेपाल क्योकूशिन बुदो कराँते साकाई इन्टरनेसनलको आयोजनामा दोस्रो राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी १८ र १९ चैतमा आयोजना गर्न लागिएको हो ।
नेपाली खेल जगतमा छुट्टै पहिचान बनाउने उद्देश्य राखेर २०७४ सालमा स्थापना भएको नेपाल फुल कन्ट्याक्ट कराँते महासंघले पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार नेपाल क्योकूशिन बुदो कराँते साकाई इन्टरनेसनलको मुख्यालय बेलायतमा छ । खेलकुद क्षेत्रको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदमा सदस्यता लिई आफ्नो गतिविधिलाई निरन्तरता दिई रहेको महासंघले गर्न लागेको यो प्रतियोगिता राष्ट्रियस्तरको हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार नेपाली फुलकन्ट्याक्ट कराँते साकाइ इन्टरनेसनलले यसमा आवद्ध रहेका सम्पूर्ण खेलाडी, खेलप्रेमी, निर्णायक र प्रशिक्षकहरूलाई एकतावद्ध गराएर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । साथै फुलकन्ट्याक्ट कराँते महासंघसँग आवद्ध सम्पूर्ण खेलाडीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने सम्बन्धित निकायहरूको समन्वयात्मक भूमिका निर्वाह गरी एक जिम्मेवार संघको रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउन सफल हुने लक्ष्यमा लम्किरहेको समेत जनाएको छ ।
यसअघि ४ र ५ फागुन २०७४ मा संघले प्रथम राष्ट्रव्यापी खुल्ला फुलकन्ट्याक्ट क्योकूशिन बुदो कराँते प्रतियोगिता २०७४ काठमाडौंको स्वयम्भू भुइँखेलमा सम्पन्न गरेको थियो । त्यस्तै सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा विन्टर क्याम्प, नेपालको पर्यटकीय स्थल चितवनको सौराहामा समर क्याम्प र दोलखाको चरिकोटमा विन्टर क्याम्प सम्पन्न गरेको थियो । संघले ४३ जना खेलाडीलाई इन्टरनेसनल ब्ल्याक बेल्ट टेष्ट र २५ जना खेलाडीलाई नेशनल ब्ल्याक बेल्ट टेष्ट वितरण गरिसकेको छ ।्
यस पटक आयोजना गरिएको प्रतियोगितामा काठमाडौं, भक्तपुर, ललितपुर, दोलखा, काभ्रे, बारा, पर्सा, महोत्तरी, मकवानपुर, चितवन, कास्की, मोरङ, स्याङ्जा, सिन्धुली लगायतका जिल्लाहरुबाट १५० देखि २०० सम्मको संख्याका खेलाडीहरूले सात वटा तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
जसमा पुरुष तौल समूह ३५ केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि र ६० केजीमाथि ९खुल्ला० तथा महिला समूहमा ५० केजीमुनि, ५५ केजीमुनि र ५५ केजी माथि९खुल्ला० सहभागिता रहने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
पुष २२, २०८१ सोमबार
वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म
पुष २१, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार