माओवादी अध्यक्ष प्रचण्डलाई भेटेपछि सकियो चिनियाँ विदेशमन्त्री वाङको भेटवार्ताको कार्यक्रम
नेपालबहस संवाददाता
चैत १३, २०७८ आइतबार १८:१३:५४
१३ चैत, काठमाडौं । विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणको अन्तिम दिन राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । विदेशमन्त्री यीले आईतबार राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
विदेशमन्त्री याङयीसँग एमाले नेताहरु अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र विदेश विभाग प्रमुख राजन भट्टराईले भेटवार्ता गरेका हुन् । एमाले नेतासँगको भेटवार्तापछि र यीले माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले भेटवार्ता गरेका हुन् ।
यीले राष्ट्रपति भण्डारीलाई राष्ट्रपति कार्यालय र नेताहरुलाई काठमाडौको मेरियट होटलमा भेटवार्ता गरेका हुन् । यी नेतृत्वको टोली तीन दिने नेपाल भ्रमण सकेर आजै साँझ स्वदेश फर्कँदैछ ।
चिनियाँ विदेशमन्त्रीलाई भेट्न प्रचण्ड मेरियट होटलमा पुगेका थिए । प्रचण्ड मेरियट पुग्दा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र यीबीचके भेट चलिरहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार