विदेशमन्त्री वाङले उठाए भूराजनीतिक खेलको विषय, नेपाली पक्ष मुखामुखमै सीमित
नेपालबहस संवाददाता
चैत १३, २०७८ आइतबार १९:१३:२१
१३ चैत, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी चीन नफर्कदै उनले नेपाली प्रतिनिधिहरुसँग उठाएका बिषयहरुको चीनभरी चर्चा सुरु भएको छ । चिनियाँ सञ्चारमाध्यामहरुले वाङको नेपाल भ्रमण नेपालबाट हुनसक्ने भूराजनीतिक खेल वा कुनै पनि गतिविधि चीनका लागि स्वीकार्य नहुने विषयमा केन्द्रित रहेको बताएका छन् ।
चीनको सरकारी सञ्चारमाध्याम ग्लोबल टाइम्सले नेपालले हालै पारित गरेको एमसीसी नेपालबाट चीनमाथि हुनसक्ने भूराजनीतिक गतिविधिको एक अस्त्र हुनसक्नेप्रति चीन सरकार सचेत रहेको वाङको भनाई उल्लेख गरेको छ । तर, एमसीसीका विषयमा कुनै भेटमा नेपाल पक्षले कुरा नउठाएको र वाङलाई प्रष्ट नपारेको बताइन्छ ।
विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरी स्वदेश फर्कने तयारी रहेका छन् । यी कुनै पनि भेटवार्तामा चीनले चासोका साथ हेरिरहेको एमसीसी परियोजना किन स्वीकार गरियो र यसबाट चीनलाई कुनैपनि खतरा छैन भन्ने कुरा भने उठेन् ।
चीनका परराष्ट्रमन्त्री वाङ र नेपालका परराष्ट्रमन्त्री खड्काबीच भएको नौ बुँदे सहमतिमा पनि बीआरआईसँग सम्बन्धित आयोजनाहरु कहिले र कसरी अगाडि बढ्छन् भन्ने विषयमा गहन छलफल भएन । नाम मात्र बीआरआई र यससँग सम्बन्धित आयोजनाहरु भनेर उठाइएको छ । बीआरआई र चीन सरकारप्रति बढी चासो राख्ने ओली र प्रचण्डले पनि यो विवषयलाई भेटमा उठाउन सकेनन् । एमसीसीका विषयमा झन् उनीहरुले उठाउने कुरै भएन ।
यता, चिनियाँ स्टेट काउन्सिलर समेत रहेका वाङ यीले नेपालको सार्वभौमसत्ता, स्वाधीनता,आत्मनिर्णय तथा आन्तरिक मामिलामा दखल दिएर भूराजनीतिक खेलमा बाह्य शक्तिको संलग्नताको चीनले सख्त विरोध गर्ने उनको भनाइलाई ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
उसले चीन सरकार नेपाललाई विकासमा सधैं सहयोग गर्न तयार रहेको र दलहरूलाई नेपालको दीर्घकालीन चासो र नेपाली जनताको हितका पक्षमा काम गर्न चीन प्रोत्साहन गर्दछ भन्दै नेपालको स्वाधीन आन्तरिक तथा विदेश नीतिलाई समर्थन गर्ने जनाएको छ ।
वाङले नेपाल चीन र दक्षिण एसियाली राष्ट्रहरूबीचको सम्बन्धको सेतु बन्नुपर्नेमा जोड दिदैं नेपालले अन्य देशहरूसँग पनि पारस्पारिक सह–अस्तित्व र मैत्रीपूर्ण सम्बन्ध विकास गर्दै क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा भूराजनीतिक खेलको सीमालाई नियन्त्रण गर्ने विश्वास राखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार