काम नगर्ने जनप्रतिनिधि फेरी दोहोरिनुको अर्थ र औचित्य छैनः अध्यक्ष तिमिल्सिना
नेपालबहस संवाददाता
चैत १३, २०७८ आइतबार १९:४१:२९
१३ चैत,काठकाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पहिलो कार्यकालमा जनहित र विकास निर्माणका काम अगाडी बढाउन नसक्ने जनप्रतिनिधिले अहिलेकोे स्थानीय तहको निर्वाचनमा पुनःदोहोरिने इच्छा देखाउनु गलत हुने बताएका छन् ।
उनले स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिहरूले आफुले नेतृत्व गर्दा देश र जनताका आवश्यकता अनुसार काम गर्न सकेनसकेको र उनीहरुको आवश्यकतालाई अब कसरी पुरा गर्ने भन्ने विषयमा सोच्न आवश्यक भएको बताए ।
आइतबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले जनप्रतिनिधिहरूले दोहोरिने इच्छा देखाएर मात्रै नहुने र उसमा काम गर्ने क्षमता पनि हुनपर्ने बताए । पहिलो कार्यकालमा असफल भएको जनप्रतिनिधिले आउने कार्यकालमा काम गर्न सक्छ भन्ने ग्यारेन्टी नहुने उनको भनाई छ ।
पदमा दोहोरिने भन्दा पनि आगामी दिनमा के राम्रो काम गर्ने भन्ने विषय महत्वपूर्ण भएको उनले बताए । दोहोरिने चाहना प्रतिनिधिले किन र केका लागि दोहोरिन चाहेको हो स्पष्ट हुनुपर्ने बताए । अध्यक्ष तिमिल्सिनाले आफ्नो पालिका र समाजलाई यस्तो बनाउँछु भन्ने अठोट नगरिकन दोहोरिनुको अर्थ नभएको बताए । उनले अबको स्थानीय सरकारले आम नागरिकको जनजीवनमा परिवर्तन ल्याउन सक्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार