कर्णालीमा रिक्त ८६७ जनशक्तिको पदपूर्ति हुन्छ : सचिव थापा
नेपालबहस संवाददाता
चैत १३, २०७८ आइतबार २०:११:५
दिलमाया शाही
१३ चैत, जुम्ला । प्रदेश लोकसेवा आयोग सुर्खेतका सचिव भुपेन्द्र थापाले कर्णालीका मन्त्रालय,७९ वटै स्थानीय तह तथा विषयगत कार्यालय गरी करिब आठ सयभन्दा बढी कर्मचारीको दरबन्दी रिक्त रहेको बताएका छन् । उनले दरबन्दी रिक्त हुँदा नियमित सेवा प्रवाहदेखि विकास निर्माणका काम समेत प्रभावित हुँदै आएको बताए ।
दक्ष र प्राविधिक जनशक्ति अभावकै कारण कर्णालीको विकास खर्च लक्ष्यअनुसार नभएको र विकास निर्माणदेखि दैनिक सेवा प्रवाह प्रभावित भएको गुनासो आइरहेको छ । जस कारण लोकसेवा आयोग कर्णाली प्रदेशले ठूलो संख्यामा कर्मचारी भर्ना खोलेको छ ।
प्रदेशको पुँजीगत खर्च बढाउन,सेवा प्रवाहलाई सहज र छिटो छरितो गर्न आगामी असोजभित्र रिक्त रहेको ८ ६७ जना दक्ष जनशक्ति पदपूर्ति गर्ने लक्ष्यअनुसार काम भइरहेको लोक सेवा आयोग कर्णाली प्रदेशका सचिव भूपेन्द्र थापाले बताए ।
केहि महिनाअघि प्रदेश लोक सेवा आयोग कर्णालीले सातवटै प्रदेशमध्य बढी संख्यामा मागअनुसार सहायक चौथोमा ३८५ जना, सहायक पाँचौँमा ८७८ जना र सहायक विभिन्न पदमा ४२ जनाको एकसाथ विज्ञापन गरेको छ । आगामी असोजसम्म सबै प्रक्रिया पूरा गरी कर्मचारी सम्बन्धित कार्यालयमा खटाइनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार