खनालपछि सशस्त्र प्रहरीको आईजीपीमा केसी कि पौडेल ?
नेपालबहस संवाददाता
चैत १३, २०७८ आइतबार २०:४८:२
१३ चैत, काठमाडौं । सशस्त्र प्रहरीको प्रमुख पद आईजीपीका लागि दौडधुप शुरु भएको छ । यसअघिको प्रतिस्पर्धामा दुई समकक्षीलाई पछि पार्दै आईजीपी बनेका शैलेन्द्र खनालको समय सकिन लागेकाले सशस्त्रभित्र आगामी आईजीपी को बन्ला भन्ने चर्चा सुरु भएको हो ।
हालका आईजीपी शैलेन्द्र खनाल सेवाबाट अनिवार्य अवकाशमा जाँदैछन् । उनको कार्यकाल अब १५ दिन मात्रै बाँकी छ । सशस्त्र प्रहरी बलको आईजीपीको चारवर्षे कार्यकाल पूरा गरेर उनी २८ चैतमा घर जान लागेका हुन् । त्यसअघि नै सरकारले सशस्त्रको आईजीपी नियुक्त गर्नुपर्ने छ ।
खनाल अवकाशमा गएपनि सशस्त्र प्रहरीको आईजीपीमा उनकै ब्याची एआईजीहरु पुष्पराम केसी र रामशरण पौडेलमध्ये एकजना हुनेछन् । यसका लागि दुवै जनाले राजनीतिक दौडधुप सुरु गरेका छन् । उनीहरुले पार्टीका शीर्ष तहका नेताहरुसम्म पहुँच पुर्याउन विभिन्न संयन्त्रहरुको प्रयोग गरिरहेको बताइन्छ ।
केसी र पौडेल दुवै नुवाकोटका हुन । २१ दिनको छोटो कार्यकाल हुने भएपनि भावी आईजीपीको चर्चा भने छैन । यद्धपि दुवै जनाले भित्री रूपमा आ–आफ्नो पक्षमा भने लविङ थालिसकेका छन् । अहिलेसम्म सशस्त्र प्रहरी बलमा बढुवा हुँदा एक नम्बरमा रहेकालाई नै आईजीपी बनाइदै आएको छ ।
उनीहरूमध्ये एकजना आईजीपी नियुक्तपछि एआईजीको एक पद रिक्त हुनेछ । त्यही रिक्त पदमा बढुवा हुने एआईजी नै २१ दिनपछि सशस्त्र प्रहरी बलको चार वर्ष आईजीपी हुनेछन् सशस्त्र प्रहरीको ३० वर्षे सेवा अवधि पूरा हुन २१ दिन बाँकी हुँदै खनाल अवकाशमा जान लागेका हुुन् । उनी १२ वैशाख २०७२ मा आईजीपी नियुक्त भएका थिए । उनीसँगै नियुक्त भएका नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल उहिल्यै घर गइसकेका छन् ।
खनाल १९ वैशाख २०४९ मा नेपाल प्रहरीको प्रहरी निरीक्षकमा भर्ना भएका थिए । २०५८ मा अर्धसैनिक बल सशस्त्र प्रहरी बल स्थापना भएपछि उनीहरू सशस्त्रमा गएका हुन् । खनाल डीएसपी पदबाट सशस्त्र प्रहरी बलमा भर्ना भएका हुन् ।
आईजीपीको दौडमा रहेका केसी र पौडेलले पनि ३० वर्षे सेवाहदका कारण १९ वैशाखमा अवकाश पाउनेछन् । उनीहरू दुवै जना आईजीपी खनालकै ब्याची हुन् । डीआईजीबाट एआईजी बढुवा हुँदा केसी पहिलो र पौडेल दोस्रो वरीयतामा थिए । हाल केसी कार्य तथा सीमा विभाग प्रमुख छन् भने पौडेल मानवस्रोत विभाग प्रमुख छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार