एमालेले माग्यो स्थानीय तहको घोषणा पत्रमा सल्लाह सुझाव
नेपालबहस संवाददाता
चैत १३, २०७८ सोमबार १:५४:२६
१३ चैत, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले आसन्न स्थानीय तहको चुनावका लागि पार्टीले तयार पार्ने घोषणा पत्रमा सल्लाह र सुझाव माग गरेको छ ।
आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले आगामी वैशाख ३० गतेका लागि तय भएको चुनावका लागि एमालेको केन्द्रले बनाउने स्थानीय तहको प्रतिवद्धता तथा घोषणा पत्रमा समेट्न विषयका लागि सल्लाह र सुझाव माग गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले बताए ।
सुझाव दिन चाहने हरुले इमेल मार्फत त्यस्तो सुझाव दिन सक्ने उनले बताए । गुरुङका अनुसार सुझाव दिन चाहनेले उबचतथजत्र२अउलगm.ियचन मा इमेल गर्न सक्ने बताए ।
प्रतिवद्धता पत्रका लागि एमालेले चैत १६ गते भर्चुअल अन्तरक्रिया समेत राखेको बताउँदा उनले केन्द्रीय नेताहरू भौतिक रूपमा तथा प्रदेश, जिल्ला र पालिकाका नेताहरू भर्चुअल रूपमा उपस्थित हुने जनाए ।
केन्द्रीय घोषणा पत्रको मस्यौदा तयार भइसकेको र स्थायी कमिटी सदस्यले चैत २० सम्म त्यसमा लिखित सुझाव दिने गुरूङले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार