एमालेले चुनावी अभियान अन्तर्गत ‘हाईब्रिट भर्चुअल मिटिङ’ गर्ने
नेपालबहस संवाददाता
चैत १३, २०७८ सोमबार २:१५:५८
१३ चैत, काठमाडौं । नेकपा एमालेको १०औंं महाधिवेशनपछि पहिलो पटक स्थायी कमिटी बैठक बसेको छ । आइतबार बसेको बैठकले यसअघि केन्द्रीय कमिटीले गरेको ११ वटा निर्णयमध्ये तीनवटा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
प्रतिबद्धता पत्र कार्यान्वयनका लागि यहि १६ चैतमा हाईब्रिट भर्चुअल मिटिङ बस्ने निर्णय गरेको छ । उक्त बैठकमा केन्द्रमा भौतिक रूपमा सहभागी हुन्छन्, प्रदेश, जिल्ला र पालिकास्तरमा भने भर्चुअल रूपमा बैठकमा सहभागी हुनेछन् ।
प्रदेश तथा जिल्ला कमिटीले तोकेको सबै पालिकाका इन्चार्ज र अध्यक्षहरू, पार्टीले जितेका पालिकाका प्रमुख र उपप्रमुखहरू तथा अध्यक्ष र उपाध्यक्षहरू, प्रदेश र जिल्ला कमिटीका पदाधिकारीहरू, मस्यौदा तयारीमा संलग्न हुने जिल्ला, पालिका तथा प्रदेशको तर्फबाट तोकिएका विज्ञहरू र स्थायी कमिटीका सदस्यहरू भर्चुअल रूपमा बैठकमा सहभागी हुनेछन् ।
त्यस्तै सचिवालयका सदस्यहरू, मस्यौदा कमिटीका सदस्यहरू, अर्थ तथा योजना विभागका प्रमुख, परराष्ट्र मामलाका प्रमुख र कानुन विभागका प्रमुख उपस्थित हुनेछन् । उक्त बैठकबाट प्रतिबद्धता पत्रको मस्यौदाको पहिलो फर्माट बनाउने काम सम्पन्न हुनेछ ।
त्यस्तै दोस्रो निर्णयमा केन्द्रीय घोषणापत्रको मस्यौदामा स्थायी कमिटीका सदस्यहरूले २० चैतसम्ममा आफ्नो लिखित सुझाव पेस गर्नुपर्नेछ ।
वित्त तथा आर्थिक व्यवस्थापन विभागद्वारा प्रस्तुत गरिएको आर्थिक विनियमलाई स्थायी कमिटीको सुझाव २० चैतभित्र उपलब्ध गराउने निर्णयसमेत गरिएको छ । केन्द्रीय घोषणापत्रको अन्तिम तयारी गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
त्यस्तै अन्य समसामयिक प्रस्तावसमेत स्थायी कमिटी बैठकले पास गरेको छ । निर्वाचन केन्द्रित प्रतिबद्धतापत्रमा आफ्नो सुझाव दिनको लागिसमेत सार्वजनिक रुपमा आह्वान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार