पाँच वर्षमा ३६ लाख बढे, कुल मतदातामध्ये ८९ लाख ९२ हजार पुरुष र ८७ लाख ४१ हजार महिला
नेपालबहस संवाददाता
चैत १३, २०७८ सोमबार ३:५:२
१३ चैत, काठमाडौं । आगामी स्थानी तहको निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाता हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले तयार पारेको मतदाता नामावलीमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेका छन् ।
गएको पाँच वर्षको अवधिमा ३६ लाख मतदाता थपिएका छन् । मोरङ सबै भन्दा बढी मतदाता भएको जिल्लामा परेको छ । मोरङमा मात्रै ७ लाख १५ हजार २ सय २३ जना मतदाता रहेका छन् ।
कुल मतदाता मध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन् । सबै भन्दा कम मतदाता हुने जिल्ला मनाङ परेको छ । जहाँ ६ हजार ४ सय ९६ मतदाता रहेका छन् । ।
आयोगका अनुसार २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता थिए । यो पटक ३६ लाख ५९ हजार दुई सय ९९ सय बढेर १ करोड ७७ लाख पुगेको हो ।
२०७४ सालकै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता संख्या एक करोड ५४ लाख थियो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २०७४ को मंसिर १० गते र २१ गते भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार