त्रिकोणात्मक सिरिजमा नेपालले आज पीएनजीसंग खेल्दै
नेपालबहस संवाददाता
चैत १४, २०७८ सोमबार १२:३७:४४
१४ चैत काठमाडौं । नेपाल, पपुवा न्यगिनी पीएनजी र मलेसिया सम्मिलित त्रिकोणत्मक ट्वेन्टी ट्वेन्टी सिरिज आज काठमाडौंमा शुरु हुँदैछ।
सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यगिनी पीएनजीसँग दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट मैदानमा खेल्नेछ। ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रियमा नेपाल र पीएनजीबीच १ पटक मात्र खेल भएको छ। आईसिसी ट्वेन्टी ट्वेन्टी विश्वकप छनोट अन्तर्गत पीएनजीसँग सन् २०१५ मा भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो।
७ वर्षपछि ट्वेन्टी ट्वेन्टी खेल्न लाग्दा त्यस समय टोलीमा रहेका करण केसी र सोमपाल कामी मात्र यस पटक पनि पीएनजीविरुद्ध खेल्दैछन। सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियासँग खेल्नेछ। मलेसियासँग अहिलेसम्म ६ खेल खेल्दा नेपालले ५ जित र १ हारको नतिजा निकालेको छ। यस सिरिजका ३ टोली मध्ये आईसिसीको वरियताका आधारमा नेपाल बलियो देखिएको छ। पछिल्लो वरियतामा नेपाल १३ औं स्थानमा रहँदा पीएनजी १९ र मलेसिया ३३ औं स्थानमा छ।
घरेलु मैदानमा भएका ट्वेन्टी ट्वेन्टी खेलमा राम्रो नतिजा निकालेको नेपालले यस सिरिजमा नयाँ खेलाडीलाई प्रयोग गर्ने लक्ष्य लिएको छ। त्रिवि मैदानमा ८ ट्वेन्टी ट्वेन्टी खेल्दा नेपालले ७ खेल जितेको छ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिज ३ वटै टोलीले २९२ खेल खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
एनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
भूमिगत सिँचाइ प्रणालीले कृषि पेसा सहज बन्दै
मंसिर २७, २०८१ बिहिबार