कोइराला पक्षले बोलाएको नेविसंघ र तरुण दलको राष्ट्रिय भेला आज, कार्यक्रम जुधेकाले नेताहरु दवावमा
नेपालबहस संवाददाता
चैत १४, २०७८ सोमबार १३:१८:११
१४ चैत, काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर (कोइराला) समूले सोमबार काठमाडौंमा आफु पक्षीय नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको राष्ट्रिय भेला बोलाएको छ । भेला आज दिउसो अनुपन फुड्ल्याण्डमा हुनेछ ।
उता, सानेपामा जारी कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकलाई पनि आजै समापन गरिदैछ । कोइराला समूहे डाकेको भेला र केन्द्रीय समितिको बैठक समापन गर्ने समय संगसगै परेकाले कोइराला पक्षका नेताहरु दवावमा देखिएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले आपसमा सहमति, सहकार्य र पार्टीलाई एकताबद्ध बनाउँदै सबैमा सहअस्तित्व कायम गरेर जाने सहमति विपरित बिना परामर्श नेविसंघ र तरुण दलमा अध्यक्ष नियुक्ति गरेको विरोध स्वरुप आजको भेला बोलाइएको हो ।
नेताहरुकाअनुसार राष्ट्रिय भेलालाई पार्टीमा सहअस्तित्व र एकतालाई मजबुत बनाउँदै आगामी निर्वाचनमा कांग्रेसलाई कसरी विजय हासिल गराउने भन्ने विषयमा केन्द्रित बनाइनेछ । भेलालाई प्रभावकारी र दवावमूलक बनाउनेबारे कोइरालानिवासमा दिनहुँ जासो छलफल हुदै आएको छ ।
कोइरालानिवासमा भएका छलफलमा आजको भेलालाई ऐतिहासिक बनाउने र देशभरीका युवा नेता र विद्यार्थी नेताहरुको उपस्थिति गराएर सभापति शेरबहाददुर देउवाले यस अघि गरेको निर्णयसहित आगामी पार्टीका कामकारवाहीहरुमा सहअस्तित्व र सहमतिलाई कायम राखेर अगाडी बढ्न दवाव दिने उदेश्य राखिएको छ ।
केन्द्रीय स्तरका नेताहरुले केन्द्रीय स्तरमा र सो भन्दा तलका नेता तथा कार्यकर्ता स्थानीय तहबाट दवाव सिर्जना गर्ने गरी रणनीति बनाएका छन् । आज हुने भेला कांग्रेसमा एकता, सहअस्तित्व र आगामी निर्वाचनमा धेरै भन्दा धेरै सिट कसरी जित्ने भन्नेमै केन्द्रित हुने नेताहरुले बताएका छन् ।
कोइराला समुहले केन्द्रदेखि वडा तह सम्मै संस्थापन पक्षलाई दवावमा राखेर कार्यक्रम अगाडी बढाउन जनाएको छ । जारी पार्टीको केन्द्रीय समितिको बैठकमा पनि नेताहरुले कांग्रेसलाई विधान र विधिबाट सञ्चालन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार