कांग्रेसले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने नगर्नेबारे आज निर्णय गर्ने
नेपालबहस संवाददाता
चैत १४, २०७८ सोमबार १३:९:३०
१४ चैत काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्नेबारे आज निर्णय गर्ने भएको छ।
केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकमा धारणा राख्ने नेताहरुले कतिपय ठाउँमा गठबन्धनसँग समझदारी गरेर नै जानुपर्नेमा जोड दिएका छन्। आज विहान साढे ११ बजे बस्ने बैठकले गठबन्धन गर्ने वा नगर्ने बारे टुंगो लगाउने प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए। यसअघि पहिलो दिन गत शुक्रबारको बैठकमा छ प्रदेशका सभापतिसहित २७ जनाले आफ्नो धारणा राखेका थिए। केन्द्रीय सदस्य चुनावी गठबन्धन गर्ने र नगर्ने पक्षमा विभाजित छन् ।
आइतबारको बैठकमा केन्द्रीय सदस्यहरु एनपी साउद, जीवनबहादुर शाही, दीपक गिरी, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, देवेन्द्रराज कँडेल, डा. डिला सङ्ग्रौला, सरिता प्रसाईं, अमृत अर्याल, डा गोपाल दहित, योगेन्द्र चौधरी, कल्पना चौधरी, धु्रव वाग्ले, महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, राजीव कोइराला, अब्दुल रज्जाक, चन्द्रबहादुर केसी र उमेशजङ्ग रायमाझीले आ–आफ्नो धारणा राखेको थिए।
यसैगरी बैठकमा केन्द्रीय सदस्यहरु अब्दुल सत्तार, उदयशम्शेर राणा, जीतजङ्ग बस्नेत, राजीव ढुङ्गाना, राजेन्द्रकुमार केसी, अर्जुनजङ्गबहादुर सिंह, राजीवविक्रम शाह, डा चन्द्रमोहन यादव, अञ्जनी श्रेष्ठ, मैकुलाल वाल्मीकि, चम्पादेवी खड्का, प्रकाश रसाइली स्नेही, रङ्गमती शाही, मञ्जुकुमारी यादव, गुरु बराल, प्रतिमा गौतम, जावेदा खातुन जागा, नागिना यादव, नानु बास्तोला, भीम पराजुली, कान्तिका सेजुवाल, गङ्गालक्ष्मी अवाल, उर्मिला नेपाल केसी, सुशीला ढकाल (आचार्य), रुपा विक, विद्यादेवी तिमिल्सिना र जीवन रानाले पनि आफ्नो धारणा राखेका थिए ।
स्थानीय तहको आगामी निर्वाचनको तयारी तथा उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन लगायतका विषयमा छलफल गर्न कांग्रेस बैठक शुक्रबार सुरु भएको हो । चुनावी गठबन्धनलाई लिएर कांग्रेसमा स्पष्ट दुई धार छ। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा आबद्ध दलसँग तालमेल गरेर चुनावमा जाने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । तर संस्थापन इतर समूहका नेताहरु भने चुनावी तालमेलको विपक्षमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
कञ्चनजङ्घामा पर्यटकको आगमन बर्सेनि बढ्दै
पुष १४, २०८१ आइतबार
झारपातले कुरूप बन्दै राराताल
पुष १४, २०८१ आइतबार
तस्करी र भ्रष्टाचार नियन्त्रण श्रीलङ्काको प्रमुख प्राथमिकता
पुष १४, २०८१ आइतबार
सतिघाटमा फेरीबाट सवारी तथा ढुवानी साधन तार्दै
पुष १४, २०८१ आइतबार