कांग्रेसबाट महत्वपूर्ण तीन निर्णय आउँदै, संसदीय समितिमा एकलौटीको संकेत
नेपालबहस संवाददाता
चैत १४, २०७८ सोमबार १३:५७:२८
१४ चैत, काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक महत्वपूर्ण तीन निर्णय गर्दै सोमबार समापन हुँदैछ । आजको बैठकमा पहिलो चरणमा पदाधिकारीहरुले धारणा राख्नेछन् । उनीहरुको धारणा सकिएपछि यसअघि कार्यसूचीमा राखिएका विषयहरुमा बैठक प्रवेश गर्नेछ ।
कांग्रेस बैठकमा आगामी स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेलका आधारमा गठबन्धन गरेर जाने, यसअघि कार्यसम्पादन समितिले गरेका निर्णय वा सिफरिसबाट सभापतिले गरेका निर्णयहरुलाई वैधानिकता दिने र विधान बमोजिमका संसदीय समितिहरु गठन गर्ने विषय प्राथमिकतामा छन् ।
सबै भन्दा महत्वपूर्ण मानिएको संसदीय समिति गठनका विषयमा पनि सभापति शेरबहादुर देउवाले संस्थापनइतर समूहसँग परामर्श गरेका छैनन् । संसदीय समिति गठन हुँदा १४ जना पदाधिकारी कायमै छन् भने अरु ११ जनाको नाम सभापति देउवाले बैठकमा प्रस्ताव गर्ने छन् ।
१४ जना पदाधिकारी र थपिएका ११ जनासहित २५ जनाको केन्द्रीय संसदीय समिति आज गठन हुनेछ । जसमा जाती,भाषार भूगोलसहित पूर्वपदाधिकारीहरुलाई समेत समेट्नु पर्नेछ । तर, सभापति देउवाले आफुनिकट लाईमात्रै प्रस्ताव गर्ने संकेत दिएको नेताहरुले बताएका छन् ।
कांग्रेसको विधानअनुसार ४ तहमा संसदीय समिति गठन गर्नुपर्छ । विधानमा केन्द्रीय, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय संसदीय समिति गठन गर्ने व्यवस्था छ । महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र संसदीय समिति गठन गरिसक्नुपर्ने प्रावधान कांग्रेसको विधानमा भएपनि निर्वाचनका कारण अगाडीनै समिति गठन गर्नु परेको हो ।
कांग्रेसको विधानमा केन्द्रीय संसदीय समितिको सभापति केन्द्रीय कार्यसमितिका सभापति र महामन्त्री केन्द्रीय कार्यसमितिका महामन्त्री हुने प्रावधान छ । यस्तै केन्द्रीय कार्यसमितिका पदाधिकारी केन्द्रीय संसदीय समितिका पदेन सदस्य हुन्छन् ।
केन्द्रीय संसदीय समितिमा सभापतिले केन्द्रीय सदस्यमध्येबाट बढीमा ११ जना सदस्य प्रस्ताव गर्न पाउँछन् । सभापतिले प्रस्ताव गर्दा समावेशी सिद्धान्तलाई ध्यान दिनुपर्छ । सभापतिले प्रस्ताव गरेका नाम केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्ने वैधानिक व्यवस्था छ ।
केन्द्रकै ढाँचामा प्रदेश, जिल्ला र प्रतिनिधिसभा क्षेत्रमा पनि संसदीय समिति गठन हुन्छन् । प्रदेश कार्यसमितिका सभापति नै प्रदेश संसदीय समितिका सभापति र प्रदेश महामन्त्री संसदीय समितिको महामन्त्री हुन्छन् । प्रदेश कार्यसमितिका पदाधिकारी प्रदेश संसदीय समितिका पदेन सदस्य हुने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार