बजेटबारे छलफल गर्न बोलाएको बैठक कोरम नपुगेपछि स्थगित
नेपालबहस संवाददाता
चैत १४, २०७८ सोमबार १८:१८:२७
१४ चैत, काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तयारीका क्रममा विभिन्न पक्षसँग राय सुझाव माग गरेपछि यसै विषयमा छलफल गर्न प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले ठाकेका दुई बैठक कोरम नपुगेर स्थगित भएका छन् ।
समिति लामो समयदेखि सुस्त अवस्थामा छ । देशको आर्थिक क्षेत्रका विभिन्न पक्षमा भइरहेका गतिविधिबारे छलफल गरी सरकार र सम्बन्धित पक्षलाई कार्यन्वयनका लागि निर्देशन गर्नुपर्ने र नीति नियममा जोड दिनुपर्ने समितिको काम हो ।
अर्थ समितिले आज अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगसँग बजेटमाथि छलफल गर्न भन्दै बैठक बोलाएको थियो । तर, समितिमा रहेका अधिकाम्स सांसदनै नभएपछि बैठक स्थगित गर्नुपरेको हो ।
बजेटमाथिको छलफल गर्न अर्थ समिति जान लागेका अर्थ मन्त्रालय र योजना आयोगका प्रतिनिधिहरु प्नि फर्किएका छन् । सांसदहरु न्यून उपस्थित भएपछि बैठक बस्न नसक्ने अवस्था आएको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।
समितिका कूल सदस्य संख्याको ५१ प्रतिशत उपस्थित भएमात्र बैठक बस्न सक्छ । तर, अहिले प्राय सबै सांसदहरु जिल्ला गएका छन् । नेपाली कांग्रेसको केन्द्रीय समिति चलिरहेकाले पनि उसका सांसद उपस्थित भएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार