संख्या नपुगेर सुनुवाइ नहुँदा रोकिए सर्वोच्चमा प्रस्तावित न्यायाधीश श्रेष्ठ
नेपालबहस संवाददाता
चैत १४, २०७८ सोमबार १८:४६:५९
१४ चैत, काठमाडौं । न्याय परिषदबाट सर्वोच्च अदालतका लागि न्यायाधीशमा सिफरिस भएका विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ संसदीय सुनुवाइ समितिको बैठक बस्न नसक्दा अलमलमा परेका छन् ।
सिफारिस विवादीत भएको भन्दै विपक्षीहरुले सुनुवाइबाट नाम फिर्ता हुने बताइरहेका बेला श्रेष्ठका विषयमा समितिले कुनै निर्णय गर्न सकेको छैन । यसको मुख्य कारण हो समितिको बैठकनै बस्न नसक्नु ।
संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णका अनुसार बैठक कोरम नपुगेर नबसेको हो । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश श्रेष्ठको सुनुवाइ आइतबारका लागि तोकिएको थियो । तर, समितिमा भएका सांसद नभएपछि बैठक बसेन ।
श्रेष्ठको नाम सुनुवाइका लागि संसदीय समितिमा पुगेपछि समितिले फागुन ३० मा श्रेष्ठविरुद्ध कुनै उजुरी भए १० दिनभित्र पेस गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय लिएको थियो । संसदीय सुनुवाइ कार्यविधिअनुसार उजुरी आह्वानका लागि तोकिएको १३ दिन वितेको छ ।
चैत ११ गते उजुरी आह्वानको दस दिन सकिएको हो । समितिका सदस्यहरू जिल्लाजिल्लामा पुगेकाले कोरम पुग्न नसकेकाले अर्को बैठक मंगलबार बोलाइएको छ । तर, मंगलबार पनि कोरम पुग्ने सम्भावना भने छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार